आज २९९ औं पृथ्वी जयन्ती मनाईदै

0

काठमाडौं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ ।

सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।
कतिपय आदिवासी जनजाति अभियान्ताहरुले भने पृथ्वी नारायण शाहले राज्य एकीकरण गर्ने नाममा हिन्दुकरण गरेको र जात जातिहरुको भाषा धर्म, संस्कृति मासेको आरोप पनि लगाउदै आएका छन् ।

मिर्मिरे अन्लाईन

You might also like