पत्रकार ढकाललाई महासंघद्वारा स्वागत
माधव प्रसाद घिमिरे
बर्दघाट २२ पुष – पत्रकार कुस्माकर ढकाल (कृष्ण)लाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले स्वागत गरेको छ । रुपन्देहीवाट नेपाल पत्रकार महासंघको सदस्यता स्थानान्तरण गरी पश्चिम नवलपरासी जिल्ला शाखामा आएसंगै नवलपरासी शाखाले पत्रकार कुस्माकर ढकाल(कृष्ण)लाई स्वागत गरेको हो । पत्रकार ढकाललाई नेपाल पत्रकार महासंघको ११ औ वार्षिक साधारण सभामा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल र जिल्ला अध्यक्ष हरि शर्माले खादा माला र मायाको चिनो प्रदान गरी जिल्ला शाखामा स्वागत गर्नु भएको थियो । २०५६ सालमा रुपन्देहीवाट पत्रकारीता शुरु गर्नुभएका पत्रकार ढकाल २०७० साल देखि नवलपरासीमा रहेर सक्रियरुपमा पत्रकारिता गर्दै आउनु भएको छ ।
२०७० सालमा नवलपरासीको बर्दघाटमा आएर त्रिवेणी सामुदायिक टेलिभिजनमा आबद्ध ढकाल अहिले पश्चिम नवलपरासीवाट नेपाल टेलिभिजनको संवाददाता हुनुहुन्छ । उहाँ गाउंले दर्पण अनलाईनका कार्यकारी निर्देशक समेत रहनु भएको छ । उहांले रुपन्देहीवाट आफ्नो सदस्यता स्थानान्तरण गरी नवलपरासी ल्याएसंगै उहांलाई स्वागत गरिएको शाखाका अध्यक्ष शर्माले बताउनु भएको छ ।