प्रतिगमन बिरोधी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्छ – जोशी
देशैभर बिरोधका कार्यक्रम गर्दै
कैलाली (अत्तरीया) – नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी सुदुर पश्चिम प्रदेश समितिको आयोजनामा कैलालीको अत्तरीयामा वर्तमान राज्यसत्ताको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना, शिक्षा, स्वास्थ्यलाई निशुल्क, भ्रष्ट र तष्करहरुमाथि कारवाही र शैक्षिक माफियाहरु तथा विचौलिया र दलालहरुमाथिको कारवाहीको माग गर्दै अत्तरीयाको मालाखेती प्रहरी चौकीदेखि धनगढी रोड, महेन्द्र नगररोड र पहाड रोड हुदै नारावाजी सहितको विरोध जुलुसले अत्तरीया चौराहा चोकमा आई विरोधसभामा परिणत भएको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुष्कर जोशीले परिर्वतनको संवाहक अखिल क्रान्तिकारी रहेको बताउदै अब अखिल क्रान्तिकारी सडक बाघको रुपमा आएको बताउनुभयो । उहाँले आम बिद्यार्थीको हकहितका लागि अखिल क्रान्तिकारीले भुमिका खेलेको बताउदै प्रतिगमन बिरोधी आन्दोलनमा साथ दिन आब्हान गर्नुभयो । तपाईहरुले साथ दिनुस आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्छ – जोशीले भन्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष गोपाल साउदले गर्नुभएको थियो । विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)सुदुर पश्चिम प्रदेश समिति सचिवालय सदस्य कैलाश जोशीले समेत सम्बोधन गर्नुभएको थियो । क्रान्तिकारीले देशैभर बिरोधका कार्यक्रम गर्दै आएको छ ।