रुकुम घटनाका दोषी उपर कारवाहीको माग गर्दै ज्ञापन

0

नवलपरासी २१ जेठ – संयुक्त दलित अधिकार मञ्च पश्चिम नवलपरासीले रुकुम घटनामा संलग्नहरुलाई कारवाही तथा पिडित परिवारलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।


मञ्चका जिल्ला संयोजक गणेश विश्वकर्माको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत ज्ञापन पत्र बुझाएको हो । पश्चिम रुकुमको नरसंहारका बिरुद्ध उभिएका दलित समुदाय सम्बद्ध संघ संगठन तथा संघसंस्थाहरुले दोषी उपर कानुनी कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

You might also like