सरसफाई सामाग्री बितरण र जनचेतना अभिबृद्धि कार्यक्रम
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट ४ मा स्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ताा संस्था अन्रतरत खानेपानी सुरक्षा योजनाले टोली बुधबार बिध्यालय स्तरिय कोभिड १९ एवं सरसफाई सामाग्री बितरण र जनचेतना अभिबृद्धि कार्यक्रम बर्दघाट ४ दिव्यनगर स्थित नव दिव्यज्योती प्रा.वि मा सम्पन्न गरेको छ ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ताा संस्था का उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रवक्ताा एवं वार्ड नं। ४ वार्ड अध्यक्ष रविन्द्र बिक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले संस्थाले बितरण गर्ने खानेपानी शुद्ध भएपनि त्यसको भण्डारण र प्रयोगमा उच्च सतर्कता अपनाउनु पर्ने बताउनुभयो ।
उक्त अवसरमा संस्थाको पृष्ठ भुमी र गरेका क्रियाकलापका बारेमा संस्थाका ब्यबस्थापक बिस्नु कुमार भुषालले जानकारी गराउनुभयो ।
उनु भएको कार्यक्रममा नव दिव्य ज्योती प्रा.वि का अध्यक्ष रामचन्द्र अधिकारी संस्थाका सल्लाहकार तारा राना थापा ,शान्तीनगर टोल बिकास संस्थाका अध्यक्ष सोबीर पुन लगायतले सरसफाई र खानेपानीको महत्वत्का बारेमा मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा बिध्यालयलाई स्वास्थ्य सामाग्री अन्तर्गत माक्स , साबुन,हार्पिक , डस्टविन ,कुचो , लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियोे । कार्यक्रममा सुरक्षा समितिका सदस्य स्वास्थ्यकर्मी कृष्ण हरि पौडेलले कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य समबन्धि जानकारी गराउदै सहभागीलाई हात धुने तरिका बताउनु भएको थियो । कार्यक्रममा सुरक्षा समितिका सदस्य गिता शर्माको स्वागत रहेको थियो ।