जनप्रतिनिधिले सिरक र छडी दिएपछि जेष्ठ नागरिक दङग

0

नवलपरासी १७ मंसिर – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं. १० को आयोजनामा  बुधबार ज्येष्ठ नागरिकलाई सिरक वितरण तथा सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जेष्ठ नागरिक देशका गहना भएको बताउनुभयो । नगर प्रमुख बस्यालले निर्वाचनका बखत आफूहरुले गरेको प्रतिबद्धता पूरा गरि छाड्ने अठोट सुनाउनुभयो । ज्येष्ठ नागरिक भत्ता मासिक ५ हजार प¥ुयाउने नगर प्रमुख बस्यालले बताउन भयो ।


सोही कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष राजु मिश्रले बार्षिक निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई सम्मान गरेको बजानकारी दिनुभयो ।  कार्यक्रममा वडामा रहेका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई एक थान फाईबर सिरक र एक थान स्टिल लठ्ठी प्रदान गर्दै रामनामीद्वारा सम्मान गरिएको थियो ।
जनप्रतिनिधिले सिरकले छडी दिएपछि जेष्ठ नागरिक प्रसन्न मुद्रामा देखिन्थे । वडाले सिरक र नगरको कार्यक्रमबाट छडी दिइएको हो । बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षमा सबै वडाका जेष्ठ नागरिकलाई छडी प्रदान गर्ने योजना बनाएको छ ।
कार्यक्रममा समाजसेवी ईन्द्र प्रसाद सुवेदी भुताहा चावी टोल बिकास संस्थाका अध्यक्ष हरिलाल श्रेष्ठ वडा सदस्य रुद्र बहादुर कार्की , बिस्नुमाया सुवेदीले वडा सचिव नेत्रनारायण पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ८० बर्ष माथिका ६० जना ज्येष्ठ आमा बुवाहरुलाई सम्मान गरिएको थियो ।

 

You might also like