अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा नगरस्तरीय अनलाइन वक्तृत्वकला

0

सुनवल,२३ भदौ,
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस , पश्चिम नवलपरासीमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसका अवसरमा सुनवल नगरपालिकाले ‘कोविड १९ र बैकल्पिक शिक्षामा विद्यार्थीको भूमिका’ बिषयक नगरस्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुका माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका ७ जना बिद्यार्थिहरुको सहभागिता रहेको सो प्रतियोगितमा ज्योति माबि सुनवल ७ अस्नैया कि पुनम कुवंर क्षेत्रि प्रथम,जगन्नाथ माबि सुनवल १२ का मिलन न्यौपाने द्धितिय, महाकवि देवकोटा नमुना माबि सुनवल ४ का अमृत पाण्डे तृतिय र जनसेवा मावि सुनवल ६ कि दिया ढकालले सान्त्वना स्थान हासिल गरेका छन् । सो अनलाइन वक्तृत्वकला प्रतियोगितामा सामाजिक बिकास समितीका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता, नगर प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यता तथा उप प्रमुख दधिराम अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।

You might also like