आश्रमले जग्गा दान दिएपछि सुस्तामा अस्पताल शिलान्यास

0
सुस्ता, १५ मंसिर – सेताम्य कपाल फूलेका गेरुवस्त्रधारी यी जेष्ठ नागरिक हुन मनराज पुरी । पुरीको नाम मात्र मनराज होइन कि काम पनि मनकारी छ भन्ने उदाहरण समेत उहाँले दिनुभएको छ । बालपुरी कुटीको जग्गा अस्पातल बनाउन दान दिने काममा नेतृत्व गरेर उहाँ मनकारी हुनुभएको हो ।
No description available.
सरकारले १० शय्याको अस्पताल बनाउने योजना दिएपछि अस्पताल कहाँ बनाउने ? भन्ने सुस्ता गाउपालिकालाई चिन्ता थियो । सुस्ता गाउपालिकाको चिन्तालाई सन्यासी पुरी र उहाँ नेतृत्वको बालपुरी कुटीले समाधान गरिदिएको छ । बालपुरी कुटीले जग्गा दिएपछि सुस्ता गाउपालिकाले सोमवार सुस्ता –२ कुडियामा अस्पताल शिलान्यास गरेको हो । महन्थका नामले परिचित सन्यासी मनराज बालपुरीबाबाको उत्तराधिकारी हुनुहुन्छ । बालपुरीबाबा धामले ४ कठ्ठा जग्गा दान दिएपछि सुस्ता गाउपालिकाले ब्यापक जनसहभागिता सहित अस्पताल शिलान्यास गरेको छ ।
बालपुरी बाबाका ५२ वटा मठ छन् । मठका जग्गामा दलालहरुको आखाँ पर्दै आएको थियो । दलाल तथा फटाहाबाट बचाएको जग्गा अस्पताललाई दिन पाएपछि आफू हर्षित भएको मनराज बताउनुहुन्छ । मुद्धा मामिला गर्दै भिड्दै जग्गा बचाएको उहाँले भनाई छ । सो जग्गाको लालपुर्जा समेत छ –स्थानीय ज्ञान प्रसाद पाठक सन्तोष भन्नुहुन्छ– जग्गा चाहिए अरु पनि दिन आश्रम तयार भएको छ । सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बालपुरी कुटीले जग्गा दिएपछि अस्पताल बनाउने जग्गा पाएको भन्दै धन्यवाद दिनुभएको छ । अस्पताललाई चाहिने जति जग्गा कुटीले दिने प्रतिबद्धता गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । सुस्ता गाउपालिकाले मनराज सहित आश्रममा क्रियाशिल समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिनुभयो ।
You might also like