नगर प्रमुख बस्यालद्वारा स्थानीयवासीसंग भेटघाट तथा अनुगमन

0

बर्दघाट – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बिभिन्न योजना तथा सम्भावित योजनाबारे स्थानीयवासीसंग भेटघाट तथा अनुगमन गर्नुभएको छ ।
नगर प्रमुख बस्यालले वडा नम्बर ७ को जिमिरेभार हुदै ३ को लगुनाहा जाने बाटोमा बनेका बिभिन्न संरचनाहरुको अनुगमन तथा बर्दघाट १२ का बिभिन्न क्षेत्रका स्थानीय संग शनिवार भेटघाट तथा छलफल गर्नुभएको हो । सो अवसरमा उहाँले योजनाहरुलाई समयमै सम्पन्न गर्न निरिक्षण तथा अनुगमनमा जोड दिनुपर्ने बताउदै नगरवासीले योजनाबारे चाँसो राख्नुपर्ने बताउनुभयो ।
त्यस्तै नगर प्रमुख बस्यालले वडा नम्बर १२ मा निर्माण भएका बाटोका योजना , बुद्धमंगलतालको विकास र पुरानो दबिलाको बाटो स्तरीकरणमा समेत चाँसो राख्नुभएको थियो ।
बर्दघाट १२ का वडाध्यक्ष मानबहादुर मल्लले नगर प्रमुखले वडा वडाका योजनामा ध्यान दिएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । नगर प्रमुख बस्याल सहितको टोलीले बर्गदही गाउँको विकासमा समेत चाँसो ब्यक्त गरेको स्थानीय गोपाल आलेले जानकारी दिनुभयो । बर्गदहीमा सुबिधा सम्पन्न खेलकुद रंगशाला बनाउन सकिनेमा स्थानीयसंग परामर्श भएको आलेको भनाई छ ।

You might also like