गुरु नानकको जन्म जयन्तीको अवसरमा मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना

0

बुुटवल १४ मंसिर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले श्री गुरु नानकको ५५२ औं जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका शिख धर्मावलम्बीमा शुभकामना ब्यक्त गर्नुभएको छ । हेर्नुस पुर्णपाठ

श्री गुरुनानक जन्मजयन्तीको शुभकामना
श्री गुरु नानकको ५५२ औं जन्म जयन्तीको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका शिख धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति, समृद्धि,सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल जाति, धर्म—संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक हो । यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र ओजिलो बनेको छ । धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे छ । धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हँुदै गएका छन्, जसले समाजमा भातृत्व र मेलमिलापको वातावरण बनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका छन् । भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका ती दुर्लभ ग्रन्थ हाम्रा लागि गौरवका विषय हुन् । गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको छ । यतिखेर मुलुक संविधानको व्यवहारिक कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको व्यवहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गर्दछु ।
कोभिड—१९ को जोखिमबाट नागरिकलाई बचाउन सरकार दृढ संकल्पित छ । सरकारको पहलकदमीमा नागरिककोे सार्थक सहयोग आवश्यक छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै दैनिकी अघि बढाउन हार्दिक अपील गर्दछु । कोरोना नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य सम्बद्ध सबैप्रति म यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु । गुरुनानक जयन्तीलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाऔं, कोरोनाबाट आफू बचौं, अरुलाई पनि बचाऔं ।
अन्त्यमा, गुरुनानक जन्म जयन्तीको अवसरमा सबै शिख धर्मावलम्बीमा हार्दिक शुुभकामना व्यक्त गर्दछु ।
मिति २०७७ मंसिर १५
्शंकर पोखरेल
्मुख्यमन्त्री

 

You might also like