चालु आर्थिक बर्षमा शतप्रतिशत योजना कार्यान्वयन गर्छाै – मन्त्री चौधरी

0

नवलपरासी ११ फागुन – चिसापानी खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्था बर्दघाट २ चिसापानीको ११ औं बार्षिक साधारणसभा तथा डिप बोरिंग उद्घाटन समारोह शनिवार भएको छ । सभा उद्घाटनमा नेपाल सरकार प्रदेश नम्बर पाँचका प्रवक्ता एंव भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले पूर्वाधार विकासका लागि योजनाबद्ध ढंगबाट अगाडी बढेको चर्चा गर्दै प्रदेश सरकार खानेपानी तथा सरसफाई प्रति संबेदनशील रहेको बताउनुभयो । उहाँले प्रदेशका जनताको स्वास्थ्य प्रति सरकार संवेदनशील रहेको बताउदै प्रदेश सरकारले चालु आर्थिक बर्षमा शतप्रतिशत योजना कार्यान्वयन गर्ने बताउनुभयो । उहाँ ती योजनासंगै खानेपानी सरसफाईको क्षेत्रमा बनेको योजना कार्यान्वयन गर्ने दिशामा रहेको जानकारी दिनुभयो । हामी खानेपानी तथा सरसफाईको महत्वपुर्ण योजना कार्यान्वयनको चरणमा छौ मन्त्री चौधरीले भन्नुभयो । त्यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारी पूर्व सांसद सिन्धु जलेशा बर्दघाट नगरपालिकका नगर प्रमुख धीरज शर्मा बस्याल वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामी मगरलगायत बिशेष अतिथि रहनुभएको थियो ।
सोही कार्यक्रममा बोल्दै स्थानीयवासी तथा चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होमबहादुर गुरुंग र स्थानीय गणेश क्षेत्रीले चिसापानीमा रहेको सार्वजनिक सम्पति संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिदै ठूला ठालु नै सार्वजनिक जग्गा हडप्ने दाउमा रहेको गुनासो गर्नुभयो । भुमाफियालाई जग्गा खान नदिन छोरानातिलाई आर्शिवाद दिनुस गुरुंगले सो अवसरमा भन्नुभयो । कार्यक्रममा बृहस्पति अधिकारी , शिवलाल कण्डेल , कुलदीप श्रेष्ठ , कमल परियार, सदानन्द पाण्डे , शान्ति पौडेल लगायतले बोल्नुभएको थियो । त्यस्तै साधारणसभाको बन्दसत्रले अध्यक्ष मोहन बहादुर गुरुंग, कोषाध्यक्ष राधा शर्मा नेपाल र लेखा संयोजक देवबहादुर गुरुंगको प्रतिबेदन समेत पारित गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोहन बहादुर गुरुंगको अध्यक्षता सचिव लोकेन्द्र पाण्डेको संचालन उपाध्यक्ष रुपलाल श्रेष्ठको स्वागतमा भएको थियो । कार्यक्रममा बिभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो ।

You might also like