अर्थमन्त्री पौडेललाई आफ्नै गृहनगर बुटवलमा काँग्रेस कार्यकर्ताले देखाए कालो झण्डा
१० मंसीर- नेपाली काँग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री बिष्णु पौडेललाई उनकै गृहनगर बुटवलमा कालो झण्डा देखाएका छन् । तरुण दल र नेविसंघका कार्यकर्ताले आज कालो झण्डा देखाएका हुन् ।
पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ।
लुम्बिनी प्रदेशको राजधानी दागं सारिएको बिरोधमा उनीहरु अर्थमन्त्री पौडेलप्रति रुष्ट थिए । यस अघि पनि नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए।
मिर्मिरे अनलाइन