‘भष्ट्राचार गर्नेहरुका बिरुद्ध उत्रन प्रतिष्ठानको सार्वजनिक आब्हान’

0

बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाट – ४ बाढिपिडितस्थित चौतारी युवा विकास प्रतिष्ठानले गाउँघरमा भष्ट्रचार गर्नेहरुलाई ‘सामाजिक बहिष्कार गर्न स्थानीयमा आब्हान’ गरेको छ । प्रतिष्ठानले बुधवार गाउ भेला तथा पत्रकार भेटघाट गरी गाउँटोलमा संस्थागत वा ब्यक्तिगत कुनै प्रकारको भष्ट्रचार गर्नेहरुका बिरुद्ध उत्रन सार्वजनिक आब्हान गरेको हो ।

खेलमैदानमा तार जाली लगाउँदा खेलमैदान निर्माण उपभोक्ता समितिले गरेको खर्च सार्वजनिक गर्न माग गर्दा सदस्यहरुलाई धम्की आएको बताउदै स्थानीयस्तरमा हुने बिकृति बिसंगतिका बिरुद्ध उत्रिन सरोकारवाला सबैलाई प्रतिष्ठानले अपिल समेत गरेको थियो ।
खेलमैदानको हिसावकिताव माग गरेपछि आफुहरुलाई धम्की आएको प्रतिष्ठानका सदस्य तथा कार्यक्रम संचालक मोहन सापकोटाले बताउनुभयो ।
यसबारेमा बर्दघाट ४ को वडा कार्यालयमा जानकारी गराउदाँ कुनै सहमति नभएपछि प्रतिष्ठानले भेला बोलाएर अनियमितता भएको विषयमा सबैलाई जानकारी गराउन कार्यक्रम गरेको बताएको छ ।
‘सबैलाई थाहा पाउने अधिकार’ रहेको भन्दै प्रतिष्ठानले गरेको कार्यमा सबैको साथ हुने स्थानीय मन्जु चालिसेले बताउनुभयो ।
कार्यक्रममा खेलमैदान समितिले २ थरी माइन्युट र हिसाव तयार गरेको र १ लाख २३ हजार ४ सय ८६ रुपैयाँ ३९ पैसा अनियमितता भएको पाइएको जिकिर गरिएको थियो ।
कार्यक्रममा ठेकेदार र अनुगमन समितिका संयोजक डिलाराम जैसी बीच भएको र धम्की दिएको फोन सम्बाद समेत सार्वजनिक गरिएको थियो । त्यस्तै गाउँ भेलाले पटक पटक अनियमितता र अनैतिक कार्यमा संलग्न भएको भन्दै जैसीलाई गाउँमा कुनै संघ संस्थामा प्रतिनिधित्व नगराउने र सामाजिक कार्यमा पनि सहभागी नगराउने निर्णय गरिएको प्रतिष्ठानका कार्यबाहक अध्यक्ष किसन विकले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय बासिन्दाले अनियमितता गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए । उनीहरुले अनियमितता गर्नेलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउदै त्यसको भण्डाफोर गर्ने चेतावनी समेत दिएका थिए ।
कार्यक्रममा अनियमिततामा संम्लग्नहरुलाई के कारवाही गर्ने ? भन्ने बारेमा स्थानीय बासिन्दाको पटक पटक राय सुझाव लिइएको थियो । राय सुझाव संकलन र कार्यक्रमको शैलीले जनयुद्धका बेलाको ‘जनअदालतको झल्को’ दिएको थियो । कार्यक्रममा पत्रकार रवि पाण्डेयले अनियिमिता गर्नेहरु जो कोही भएपनि छानविनका दायरामा ल्याएर कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।
भेलामा वडा सदस्य सिता दमै ,प्रतिष्ठानका निर्वतमान अध्यक्ष नारायण भण्डारी, लालकुमारी गौतम, ओमकली पाण्डेय , लगायत स्थानीय सरोकारवालाहरुले धारणा राख्नुभएको थियो ।

You might also like