संचार जगतमा संघीयता आएन : अध्यक्ष आचार्य

0

नवलपरासी – प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय र महासंघ पश्चिम नवलपरासी शाखाको संयोजनमा पत्रकार आचारसंहिता र मिडियामा कोभिड – १९ ले पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न भएको छ ।
शुक्रवार परासीमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । देशमा संघीयता आएपनि संचार क्षेत्रमा अझै संघीयता नआएको उहाँले बताउनुभयो । देशमा संघीयता आयो– उनले भने– दलहरुसंग काँधमा काँध मिलाएर परिर्वतनको पक्षमा लड्यौ । हाम्रा लागि आवश्यक सुबिधा काठमाण्डौ केन्द्रीत नै रह्यो ।
उनले कोरोना संक्रमणको उच्च जोखिमका समयमा पनि काउन्सिलबाट पत्रकार, मिडिया र यसक्षेत्रको समस्या र समाधानका लागि काम भइरहेको जानकारी दिनुभयो । आचार्यले काउन्सिलले जिल्ला जिल्लामा पुगेर कोरोनाले पत्रकारिता क्षेत्रमा पारेको प्रभावबारे जानकारी लिएर सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको बताउनुभयो ।
कोरोनाको बहानामा सञ्चारगृहमा कार्यरत पत्रकार निकालिएका पारिश्रमिक नपाएका उजुरीहरु आएको भन्दै उनले ४०५ जनाले उजुरी दिएकोमा ३५० जनाको समस्या हल भएको बताउनुभयो । आजको बर्दघाट पोष्ट दैनिकले यो समाचारलाई प्राथमिकतामा छापेको छ ।

You might also like