कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

0

१९ कात्तिक, सुर्खेत । सुर्खेतमा कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन् ।

तत्कालीन सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका-२) का ५८ वर्षीय मानबहादुर सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

कुटपिट मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका थियो । त्यसबेलादेखि नै फरार रहेका सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार पक्राउ गरेको हो ।

अभियुक्त सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए । उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग लागेको थियो ।अदालतले उनलाई ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।>>>Online khaner

You might also like