प्राचीन कोलीय गणराज्यको ककरपत्त नगर घोषणा

0

बर्दघाट – कोलबृक्ष पर्यटन विकास संस्था सरावल २ जावा पश्चिम नवलपरासीको आयोजनामा प्राचिन ककरपत्त नगर घोषणा कार्यम शनिबार सरावलमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता एवं सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बुद्धकालिन अवशेषहरु यस क्षेत्रमा रहेको हुदाँ यस क्षेत्रलाई बुद्धकालिन प्राचिन ककरपत्त नगर घोषणा गर्न लागिएको बताउनु भयो ।

 

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बौद्ध ईतिहास तथा पुरातत्व क्षेत्रका अध्ययेता डाक्टर कौशेलेन्द्र बहादुर श्रीवास्तवले यस क्षेत्रमा रहेको अरु ठाउमा नउम्रिने दुर्लभ काडेदार कोलबृक्ष अहिले सम्म पाइएको र नजिकै कमल पोखरी समेत रहेको हुदा सो स्थान ककरपत्त भएको आधार र जावा गाउ पनि दिर्घ जानुको नामले हुन सक्ने हुदा यस क्षेत्र प्राचिन कोलिय गणराज्य अन्तर्गत पर्ने बताउनुभयो । कार्यक्रममा सरावल गाउपालिकाका प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, कार्यपालिका सदस्य छिमदिनी राय आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रम सरावल गाउपालिकाको सहयोग र मिडिया एसोसिएसन नवलपरासीको समन्वय मा सम्पन्न भएको हो । सरावल गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मिडिया एसोसिएसन नवलपरासीका हुसेन अंसारीले गर्नुभएको थियो।

You might also like