“संघर्षको मैदानबाट”मुक्तक संग्रह : देशप्रेमसंगै बिकृतिको चिरफार

0

दिनानाथ पौडेल
रवि पाण्डेय (विकल्प) द्वारा लिखित “संघर्षको मैदानबाट”शिर्षकको मुक्तक संग्रह मिति २०८१ पौष २६ गते मेरो हातमा प¥यो । लेखक आफैले किताब मेरो हातमा टक्राएपछि मलाई नपढी सुकै भएन । अझ किताबको सानो भोल्युमले मलाई पढ्न खुबै आकर्षित ग¥यो । एकै बसाईमा पुस्तक भित्र सजिएका सबै मुक्तकहरु पढी सक्काएको पत्तै भएन । आजकल अंग्रेजीमा लेखिएका दर्शन सम्बन्धि पुस्तकहरुले मेरो ध्यान खिचिरहेको थियो त्यसै बीचमा मित्र रविजीद्वारा लिखित मुक्तकहरुले भिन्न स्वाद चखाउन सफल भयो ।
साहित्यिक शब्दको शक्तिले मेरो मस्तिष्कमा छोडेका छापसंगै यी शब्दहरु कोरिन पुगेकाछन । पुस्तकको शिर्षक “संघर्षको मैदानबाट ” ले जुनसुकै पाठकको मनमा सशस्त्र हतियारसहितको युद्धको झल्को दिन्छ । युद्ध मैदानको तस्बिर पढ्नु अघि आउद्छ । तर पुस्तकभित्रका मुक्तकहरुले भने नेपालमा गणतन्त्र स्थापित भैसकेपछिका ब्यथितिहरुको तस्बिर पस्किरहेका छन् ।
नेपालमा १० बर्षसम्म चलेको जनयुद्ध र २०६२ \ २०६३ सालमा भएको
दोस्रो जनान्दोलनको जगमा स्थापना भएको गणतान्त्रिक राज्य व्यवस्थाभित्र मौलाएको भ्रस्टाचार, चाकडीप्रथा, घुसखोरी, आफन्तबाद जस्ता बिकृतिहरुको चिरफारसंगसंगै खरो रास्ट्रबाद \ देशप्रेम तथा खाट्टी प्रगतिशिल \क्रान्तिकारी बिचारहरुले मुक्तकहरु भरिएकाछन् । मुक्तक पढीरहदा परिवर्तनकारी सोचहरु पाठकमा प्रशारण भैरहन्छन ।
हेरौ एक मुक्तकः
संर्घष गरे मात्र मुक्ति पाइन्छ ।
डटेर अहोरात्र मुक्ति पाइन्छ
उपलब्धिको रक्षा गरी यहाँ
जुटनुपर्छ हरपात्र मुक्ति पाइन्छ ।
त्यस्तै, नेपाली समाजमा व्याप्त रहेको सामाजिक बिकृतिहरुमाथिसमेत मुक्तकहरुले चोटिलो प्रहार गरेका छन् । दलितहरुमाथि भएको विभेद, जातीय अहंकार, वर्गीय खाडल जस्ता सामाजिक समस्याहरुलाई सतहमा ल्याइएको छ ।
कालापानीदेखि सुस्तासम्मका सिमा बिबादहरु मुक्तकका शब्दहरुमा अटाएका छन् । कुमाउ गढवालसम्म नेपालीहरुले रास्ट्र झण्डा फहराएको बिरगाथाका भावहरु शब्दमा जीवित भएका छन् । छिमेकी देशले जबर्जस्ति बनाएको बाँधले लक्ष्मणपुर मर्चवारमा सिर्जना गरेको डुवानको समस्याको उजागर भएको छ ।
प्रायः मुक्तकहरु प्रेमका विषयमा केन्द्रित हुन्छन् । प्रेमी प्रेमिकाहरुको वर्णनमा रमाउने पाठकहरुका निम्ति यो संग्रह चोपिलो नबन्न सक्दछ । आबेगात्मक भाव भन्दा परिवर्तनका ठोस बिचारहरु शब्दमा बगेका छन् । मूलतः राजनीतिक र सामाजिक समस्याहरुमाथि केन्द्रित भइ मुक्तकहरु जन्मिएका छन् ।
शब्दहरु अत्यन्त सरल छन् । मुक्तक बुझ्न मुक्तकीय ज्ञानको आवश्यक छैन । सामान्य पढ्न सक्ने जो कोहिले यहाँ कोरिएका मुक्तकहरु बुझ्न सक्ने प्रकारका छन् जुन पुस्तकको सबैभन्दा सबल पक्ष हो । किताबको ठुलो ठेली नरुचाउने पाठकहरुको लागि यो पुस्तक प्रिय छ । थोरै शब्दमा ज्ञानको क्षितिज तनक्क तन्काउने पुस्तकको रुपमा मैले पाएको छु ।
छोटकरीमा भन्नुपर्दा यो पुस्तक नेपालमा बहुअपेक्षित गणतन्त्र स्थापना भइसकेपछि आमनेपालीमा देखिएको चरम असन्तुष्टिको आवाज हो । नेपाली समाजको तस्बिर हो । त्यसैले बिचार प्रधानता भएको मुक्तक संग्रह प्रकाशन गर्नुभएकोमा “विकल्प”लाई बधाई दिन चाहन्छु । बर्दघाट, नवलपरासी

You might also like