बर्दघाट नगरका सबै वडामा यसैबर्षबाट आधारभुत स्वास्थ्यको पहुँच

आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान

0

बर्दघाट – बर्दघाट नगरपालिकाले नगरवासीलाई स्वास्थ्य पहुँच पु¥याउन १६ वटै वडामा स्वास्थ्य संस्थाहरुको विस्तार अभियान थालेको छ । आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान अन्तरगत स्वास्थ्य पहुँच बृद्धि गर्न ९ वटा वडामा स्वास्थ्य चौकी भवन यसैबर्ष हुदैछ । बाँकी अरु ७ वटा वडामा यस अघि देखि नै स्वास्थ्य सेवाका लागि अस्पताल तथा स्वास्थ्य चौकी रहेका छन् ।

ती ९ वटा स्वास्थ्य चौकीहरुको मात्र कुल बजेट २ करोड ८४ लाख ३० हजार २४१ रुपैया रहेको छ ।
प्रत्येक वडाका जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी निर्माण अभियान शुरु गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
बर्दघाटको वडा नम्बर १ ,३,४,६,७,८,१०,१२ र १६ गरी कुल ९ वटा वडामा स्वास्थ्य चौकी निर्माण गर्न योजना रहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो ।


बर्दघाट वडा नम्बर २ मा १५ शैयाको सरकारी स्वामित्वको चिसापानी अस्पताल, सोही वडामा कोभिड लक्षित गरी सुबिधा सम्पन्न आइसोलेशन भवन निर्माणधीन , वडा नम्बर १४ स्थित चौपत्तामा शहिद स्मृति सामुदायिक अस्पतालले समेत स्वास्थ्य सेवा दिइरहेको छ । नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेका अनुसार वडा ५,९,११,१३ ,१४ र १५ मा यस अघि देखि नै स्वास्थ्य चौकी संचालित छ ।
चालु बर्ष बन्ने स्वास्थ्य चौकहरुको बजेट ब्यवस्थापन स्वास्थ्य मन्त्रालयबाट नै भएको उहाँले बताउनुभयो । वडा ११ र १५ को स्वास्थ्य चौकी गतबर्ष सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्था नभएको वडालाई प्राथमिकतामा राखेर स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । १६ नम्बरको स्वास्थ्य चौकी धमाधम बनिरहेको छ ।
त्यस्तै वडा नम्बर १२ मा विहीवार प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले स्वास्थ्य चौकी शिलान्यास गरेको वडाध्यक्ष मानबहादुर मल्लले बताउनुभयो । वडामा आधारभुत स्वास्थ्य चौकी निर्माणको कार्यले वडावासीमा खुसीयाली छाएको छ । वडा नम्बर १२ का स्थानीय देबेन्द्र पोखरेलले वडाध्यक्षको अथक प्रयासबाट निर्माणको कामले सार्थकता पाएको दावी गर्नुभयो । स्थानीय बासिन्दाले सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै स्वास्थ्य चौकी निर्माण अभियान प्रति आफूहरु खुसी भएको जनाएका छन् ।

You might also like