गाईपालनमा रमेका बर्दघाट–२ चिसापानीका युवा

0

पुष्पा गिरी

बर्दघाट :युवराज बिक्रम राना (३०) सबेरै उठछन् । विहान ५ नबज्दै आफ्ना फर्ममा पुग्ने उनको दिनचर्या नै छ । फर्ममा पुग्यो गाई दुहुयो–राना भन्छन्– दुहुने काम सके पछि दुध बोकेर भुताहा पुग्यो । १२ वटा माउ गाईका मालिक उनी बेलुका पनि यसरी नै मोटरसाईकलमा दुध बोकेर आफै डेरी सम्म पुग्छन् । दुध पु¥याएर आएपछि गोठको काममा तल्लिन हुन्छन् उनी ।
तीनबाट बाह्र
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा सात बर्ष अघि व्यवसायिक रुपमा पशुपालन शुरु राना यो ब्यवसायबाट सन्तुष्ट नै देखिन्छन् । तीनबाट बाह्र तीन वटा गाईबाट पशुपालन सुरु गरेका युवराजको गोठमा अहिले बाह्र वटा माउ गाई छन् । साना बाच्छा बाच्छी सबै गर्दा २२ वटा बस्तुभाउ छन् । तीन वटा गाईबाट शुरु गरेको पशुपालन व्यवसायबाट उनले गोठ भरेका छन् । गोठमा गाईको स्याहार सुसारमा केही कमी छैन ।
लगानी र मुनाफा
२०७० सालमा करिब ४ लाख रुपैँयाबाट सुरु गरेका युबराज आर्थिक उपार्जनबाट भने त्यति सन्तुष्ट हुन सकेका छैनन । पशु पाल्दा हुने लागत मुल्यका कारण नाफा हुन नसकेको उनको ठम्याई छ ।उनी भन्छन – नेपालको समृद्धिको आधार कृषि नै हो ।सरकारले कृषिलाई बिशेष जोड दिने भने पनि कार्यान्वयनमा भने त्यति प्रभावकारी देखिदैन ।
दुध र दानाको मुल्यमा फरक
दुधको मुल्यको हिसाब सबैले गर्छन् तर दाना पानी र अन्य खर्चको हिसाब कसैले गर्दैन – युबराज भन्छन– दाना र चापटको भाउ दिन दिनै बढेको बढयै हुन्छ दुधको भाउ भने १÷२ बर्षमा एक चोटी बढ्छ । उनले वडा कार्यालयबाट पानी तान्ने मेसिन, स्प्रे र नगरपालिकाबाट गाई बस्ने म्याट पाएका छन् ।
पारिवारिक स्थिति
पारिवारिक खुसी युवराजको ब्यवसायको नाम किसान पशुपालन कृषि फर्म हो । उनको गाँउ समाज र पशु ब्यवसायी सँग राम्रो मिल्ती छ । मनग्य आम्दानी नभए पनि पारिवारिक खुसी भने छ ।

कोरोना भाईरस सक्रमणका कारण बिदेशबाट फर्किएका युवाहरुको आकर्षण कृषि तिर देखिन्छ । पशुपालन गर्ने सोचले सल्लाह लिन उनी कहाँ मानिसहरु आईरहन्छन् । रानाले आफ्नो अनुभब उनीहरुसंग साट्ने गर्छन । कृषि तथा पशुपालन बारे अध्ययन र तालिम नलिई धेरैले हामफालेको र ब्यबसाय चलाउन नसकी ऋणमा डुबेको उनको बुझाई छ ।

You might also like