बर्दघाट नगर अब दुधमा आत्मर्निभरता तर्फ

नगरमा दैनिक ७ हजार लिटर दुध उत्पादन

0

नवलपरासी – बर्दघाट नगरमा दैनिक ७ हजार लिटर दुध उत्पादन हुदै आएको छ । नगरभित्रको संकलित दुधको अवस्था हेर्दा नगर दुधमा झण्डै आत्मनिर्भरको अवस्थामा पुगेको अवस्था छ । हामी झण्डै दुधमा आत्मनिर्भर तर्फ अगाडि बढेका छौ त्यसबारे अध्ययन पनि भइरहेको छ – पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले भन्नुभयो – अब यहाँको आवश्यकता र उत्पादन हेरेर यसको निक्र्याेल गर्छाै । अब दुधमा आत्मनिर्भरता तर्फ अगाडि बढ्यौ ।

लम्सालले नगरमा दैनिक ७ हजार लिटर दुध उत्पादन हुने बताउनुभयो । गाईका ५५ फर्म सहित गाई भैसीबाट १४२ जना कृषकले दुग्ध उत्पादन गरिरहनुभएको छ– उहाँले भन्नुभयो – शाखाले साधन स्रोतले भ्याए सम्म सहयोग गरेकै छ । प्राबिधिक परामर्श पनि दिइरहेकै छौ ।

त्यस्तै पशुपालनको क्षेत्रमा पालिकाले नगरभित्रका कृषकलाई राम्रै सहयोग गरेको नगर प्रमुख धीरज शर्मा बस्याल बताउनुहुन्छ । कृतिम गर्भाधानमा अनुदान देखि लिएर गोठ सुधारका काम सम्म र उन्नत घाँस उत्पादनमा समेत अनुदान दिएको बस्यालको भनाई छ ।

प्रबिधिसंग किसान कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा औजार प्रदान गर्ने कार्यक्रम लाई निरन्तरता दिएका छौ – प्रमुख बस्यालले भन्नुभयो । त्यसको प्रतिफल देखिने अवस्था आउदैछ ।
कृषि क्षेत्रबाट आत्मनिर्भरता बृद्धि गर्ने योजना रहेको बस्यालले बताउनुभयो । नगरले कोरोना महामारीको संकटकै बेला घाँस बिउ बिजन राहत स्वरुप प्रदान गर्दै आएको छ ।

प्रदेशको कार्यक्रम अन्तरगत संगठित संस्थामार्फत प्रतिलिटर १० रुपैया दुधमा अनुदान समेत दिएको बर्दघाट नगरपालिकाले जनाएको छ ।

घाँसको बिउ उत्पादनका लागि बीज बृद्धि कार्यक्रम
नवलपरासी -बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले आ.व.०७७÷०७८ को स्विकृत कार्यक्रम अनुसार घाँसको विउ उत्पादन कार्यक्रम सम्पन्न भएको छ ।  नगर सभा वाट स्विकृत कार्यक्रम लक्ष्य अनुसार यस वर्ष ८ जना कृषकहरुले ८ बिगाहा जग्गा क्षेत्रफलमा जै घाँसको विउ उत्पादनका लागि घाँस खेतीको सुरुवात गरेका छन् ।  स्थानीय स्तरमा घाँसको बिउ नपाईने घाँसको बिउको लागि छिमेकी जिल्ला तथा भारतको भर पर्नुपर्ने अवस्थामा नगरले यस बर्षदेखि जै घाँसको बिउ उत्पादन (बिजवृद्धि) कार्यक्रम संचालन गरेको हो ।

स्विकृत कार्यक्रम अनुसार बिउ उत्पादनको लागि नगरले कृषकहरुलाई १०० केजी मुल विउ, १०० केजी रासायनिक मल, बाली संरक्षणको लागि १ थान ईलेक्ट्रिक स्पेयर लगायतका सामाग्रीहरु उपलव्ध गराई प्रोत्साहन गरिएको शाखाले जनाएकोेछ ।

यस कार्यक्रम वाट नगरमा घाँसको बिउ उत्पादन कार्यको शुरुवात भएको छ । बिउ उत्पादन भएपछि स्थानिय र जिल्ला दर रेट अनुसार पालिकाले नै खरिद गरिदिने गरि कृषकहरुलाई यस कार्यमा आकर्षित गरिएको हो ।

नगरका करिव २० जना कृषक उद्यमी बिउ उत्पादन कार्यमा संलग्न भएमा यस नगरलाई घाँसको बिउमा आत्मनिर्भर बनाउन सकिन्छ ।

You might also like