पश्चिम नवलपरासीमा एक पुजारीको हत्या

0
श्याम थापा

कार्तिक ९ नवलपरासी : पश्चिम् नवलपरासीमा एक पुजारीलाई धारिलो हतियारको प्रयोग गरेर हत्या भएको छ । यही कार्तिक ९ गते दिउसोको करिब २ बजे तिर सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीको पश्चिमटाणि रामजानकी हनुमान मन्दिरका पुजारी अन्दाजी बर्ष ७५ को महगु केवटको हत्या भई मृत्यु भएको हो।

घटनाको प्रकृति हेर्दा हत्याराले दिउँसोको समयमा सुन्सान ठाउंमा करिब मन्दिर देखि उत्तर दिशा तर्फ १ किलोमिटर टाढा धारिलो हातहतियार प्रयोग गरि निर्घात रुपमा देब्रे हातमा र टाउकोमा प्रहार भएको देखिन्छ ।

यतिखेर घटनाको स्थलमा प्रहरीले घटनाको प्रकृति नियाली रहेको र हत्या गर्ने ब्यक्ति फरार रहेको र हत्याराको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रबक्ता एंव प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छ्न ।

घटनामा सम्लग्न तथा ससन्कित ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भईरहेको र पुजारी केवटको शव पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको प्रहरीले जनाएको छ ।

You might also like