क्वारेन्टाइन मा बसेकालाई रासनपानीको समस्या

0

दिपकराज भट्ट
डडेल्धुरा – भागेश्वर गाउपालिका को बगरकोट क्वारेन्टाइनमा बसेका लाई खानाको समस्या भएको छ । हाल क्वारेन्टाइनमा चार जाना बसेका छन् । उनिहरु भन्छन आफुलाई खाना को समस्या आएको छ बिगत ४ दिन देखि उनिहरु क्वारेन्टाइन मा बसेका छन । आफूहरुलाई बिहान र राति खाना घरका सदस्य ले ल्याएर खाने खाने गरेको भिम शाकीले बताउनुभयो ।
त्यहाका होटलहरु बन्द भएकाले होटल बाट खाना खुवाउनु असम्भव भएको र उनीहरुलाई रासन पानी दिनु सकिने गाउपालिका अध्यक्ष कौशिला भट्टले जानकारी दिनु भयो ।
त्यस्तै आफुलाई कसैले पनि दिनमा सोधपुछ समेत नगरेको समेत उनिहरुको गुनासो रहेको छ । तर स्वास्थ शाखा प्रमुख मान बहादुर शाहुले उनिहरुको खानाको ब्यवस्थापन आईतबार मात्र गर्नु सकिने बताउनुहुन्छ ।

You might also like