निजीका शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउन अभिभावक महासंघको माग
असोज २९, २०७७/काठमाडौं :
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयलाई आफ्नो शिक्षक र कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्। चाडपर्व नजिकिएसँगै विद्यालयले शिक्षक कर्मचारीलाई समयमा पारिश्रमिक नदिँदा मारमा परेको भन्दै उनले तलब दिन माग गरेका हुन।
‘निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको पारिश्रमिक उपलब्ध गराइयोस्।’ उनले भनेका छन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाका अनुसार कतिपय विद्यालयले शिक्षक, कर्मचारीलाई अघिल्लो शैक्षिक सत्रको माघदेखि नै तलब भत्ता दिएका छैनन्।
गत वर्षको चैत महिनासम्मको तलब नपाउने शिक्षक,कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा छन्। यो शैक्षिक सत्रको वैशाखबाट पूरै तलब पाउने शिक्षक,कर्मचारीहरू ५ प्रतिशत पनि छैनन्।
देशभरका विद्यालयबाट हालसम्ममा तीन हजार बढी शिक्षक,कर्मचारीहरू निष्स्कासनमा परिसकेका छन्। ६ महिनादेखि संस्थागत विद्यालयका शिक्षक,कर्मचारीहरू बिनातलब मुस्किलले बाँचिरहेको थापा बताउँछन्। ..Thaha khaber