डुब्यो कावासोती,नगरपालिकाले चासो नदिएको स्थानीयको आरोप !!! (फोटो सहित )

0

नारायण प्रभु,नवलपुर,साउन ५ ।

 केहिदिन अघिदेखी परेको अविरल वर्षाका कारण कावासोतीको सभापति चोक डुबानमा परेको छ।

देशकै कान्छो जिल्लाको नमुना सदरमुकाम कावासोती बजारको मध्य भाग नै यसरी डुबानमा पर्दा पनि नगरपालिकाले बेवास्ता गर्नु स्थानीय सरकारको गैरजिम्मेवारीपन भएको स्थानीयले आरोप लगाएका छन।

केहीदिन देखि लागातार पानी बगिरहदा मुख्य राजमार्ग नै भत्किएर स्थानियको घरमा पानी पस्न थालेपछि कावासोती नगरपालिकाको विपद् ब्यबस्थापन समितीलाई निबेदन दिएपनी आजका दिन सम्म समस्या समाधानका लागि कुनै पहल नगरिएको स्थानीय भबी श्रेष्ठले बताउनु भयो।

वडा नं.२,३ र ८ का वडाध्यक्षहरुलाई समेत जानकारी गराएका थियौं उहाँहरुले नगरपालिकामा जेसिबि उपलब्ध गराइदिनु भनी जानकारी पनि गराउनु भएको थियो तर नगरपालिकाले जेसिबी उपलब्ध गराउन नसक्ने भनेपछी आफुहरुले केही गर्न नसकेको वडाध्यक्षहरुले बताएका छन श्रेष्ठले बताउनु भयो।

नगरपालिकाले बेवास्ता गरेपछी वडा नं. ८ का अध्यक्ष आनन्द गुरुङले आफ्नै व्यक्तिगत खर्चमा जेसिबी ल्याई तत्कालका लागि ढल निकास त गरिदिनु भयो तर दीर्घकालीन रुपमा नै यस समस्याको समाधान नभएसम्म यो समस्या दोहोरीरहनेमा स्थानीय चिन्तित बनेका छन।

Nawalpur FM

You might also like