बर्दघाट नगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँ तथा मकैको बिउ बितरण

0

बर्दघाट २७ असोज ः

बर्दघाट नगरपालिकाले समुहमा आबद्ध कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ दिएको छ । कार्यक्रममा बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेलले नगरभित्रै बिउ उत्पादन गरेर नगरलाई आत्मर्निभर बनाउने योजना रहेको बताउनुभयो । बर्दघाट ५ सखुवानीको खजुरा कृषक समुहका किसानले ५० प्रतिशत अनुदानमा बिउ पाएपछि आफूहरु खुसी भएको बताए ।

No description available.

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले गहुँ, मकै, आलु र प्याजखेतीका लागि बिउबिजनमा ५० प्रतिशत अनुदानको ब्यवस्था रहेको जानकारी दिनुभयो । नगरले पालिका भित्रका कृषकहरुलाई ६५ क्विन्टल भृकुटी गहुँको बिउ र वडा नम्बर १३ को मकै पकेट क्षेत्रका कृषकहरुलाई मध्यनजर गर्ने २० क्विन्टल मकै बितरण गर्ने योजना रहेको जनाएको छ । मंगलवार नै बर्दघाट १३ मा मकैको बिउ समेत बितरण गरिएको थियो ।

You might also like