बागलुङमा एकैदिन ३० सैनिकमा कोरोना संक्रमण

0

२५ असोज २०७७/

बागलुङ : जिल्लामा एकै दिन ३० जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा २३ नम्बर बाहिनी अड्डाका १८ जना र अर्जुनवाण गण घोडाबाँधेका १२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताए । यसअघि गत बुधबार नेपाली सेनाका २८ जनामा एकै पटक कोरोना संक्रमण देखिएको थियो ।

शनिबार राती ३० सैनिकसहित दुई प्रहरी, एक थुनुवा, एक व्यवसायी र उच्च अदालत पोखरा इजलास बागलुङका दुई कर्मचारी गरेर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

कोरोना संक्रमित हुने सैनिकमा विभिन्न उमेर समूहका २९ जना पुरुष र १९ वर्षीय एक महिला छन् ।  तित्याङस्थित तामाखानीमा काम गर्ने मजदुरमा कोरोना देखिए पछि सुरक्षार्थ गएका सैनिकको स्वाब परीक्षण गरिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि सेनाको ब्यारेकमा परीक्षण गरिएको थियो । अहिलेसम्म सैनिक ब्यारेकमा मात्रै ६० बढीमा संक्रमण देखिएको छ ।

ठूलो संख्यामा सैनिकमा संक्रमण देखिएपछि २३ नम्बर बाहिनीमै ८० बेडको आइसोलेसन बनाइएको छ । प्रहरीमा यसअघि एक निरीक्षकलाई कोरोना संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य दुईजनामा कोरोना पुष्टि भएको बरालले बताए ।

प्रहरीका संक्रमित भने अस्पतालको आइसोलेसन लैजाने तयारी छ । अहिलेसम्म जिल्लामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ६७ जना निको भएका छन् । अझै १ सय ५७ जना आइसोलेसनमा छन् । ..Annapurna post

You might also like