एकै क्लिकमा देशभरको माटोको जानकारी

0

काठमाडौँ, माघ २ गते । अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।
देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानाकारी लिनुुछ भने एक क्लिक गरे पुुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुुभयो । यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उहाँले बताउनुुभयो । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको र अरू जिल्लाको पनि सङ्कलन गर्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुुभयो ।
माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताउनुुभयो । विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन भएको र त्यसको आधारमा अन्य ठाउँको माटोलाई स्याटेलाइटमार्फत माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुुभयो ।
यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश हुने उहाँले बताउनुुभयो । सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो नक्सा छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ ।
अन्तर्राष्ट्रिय संस्था सिमेटको प्राविधिक सहयोग र यूएसआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले यो विद्युुतीय नक्सा तयार गरिरहेको आयोजनाका प्रबन्धक डिल्ली केसीले जानकारी दिनुुभयो । माघको दोस्रो हप्तासम्ममा यो पूरा हुने र माघ २१ गते कृषि मन्त्रालयलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनुुभयो । कृषि मन्त्रालयलाई हस्तान्तरण भइसकेपछि त्यसलाई प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी भइरहेको सचिव कार्कीले बताउनुुभयो ।
यो नक्सामा कृषियोग्य जमिनलाई मात्र प्राथमिकतामा राखिएको मोटो वैज्ञानिक गैरेले बताउनुुभयो । पछि यो नक्सालाई जति छिटोछिटो अद्यावधिक ग¥यो त्यति राम्रो तर पाँच÷पाँच वर्षमा अद्यावधिक गर्नैपर्ने उहाँले बताउनुुभयो ।
कृषिमा धेरै लगानी भए पनि उत्पादनमा वृद्धि नदेखिनुको कारण माटोको गुणस्तर रहेको भन्दै उहाँले कृषि मन्त्रालयले रासायनिक मल प्रयोग गर्ने सिफारिस गरेकामा त्यो ४२ वर्ष पुरानो अध्ययन रहेको दाबी गर्नुभयो । त्यसका देशभरका लागि एउटै सिफारिस गरिएको र त्यसले गर्दा उत्पादनमा समस्या भएको प्रबन्धक केसीले बताउनुुभयो ।
उहाँका अनुसार झापा र बाँकेको माटो एउटै होइन, सप्तरी र डोल्पाको माटो पनि एकै होइन तर सिफारिस एउटै भएको छ । माटोअनुसार रासायनिक मल, विषादी तथा अन्य बाली लगाउने कार्य फरकफरक हुन्छन् तर त्यसको मापन नहुँदा किसानले आफ्नै तरिकाले खेती गरिरहेका छन् । कहाँ के कुरा लगाउने, कहाँ कति रासायनिक मल प्रयोग गर्ने, कहाँ कुन मौसममा के लगाउन सकिने र त्यो सबै मोटोको गुुणस्तरले नै स्पष्ट गर्ने भएकाले देशैभरि माटोका लागि विद्युतीय नक्साङ्कन गर्न लागिएको उहाँले बताउनुुभयो ।
यो नक्सा तयार भएपछि सरकारलाई पनि मोटोको गुुणस्तरअनुसार सिफारिस गर्न सजिलो हुन्छ । किसानलाई पनि बाली लगाउन छुट्टै माटो जँचाउनुु पर्दैन । त्यसका लागि एउटा एप्स तयार हुन्छ । कुनै ठाउँको मोटोको बारेमा जानकारी लिनुुपर्ने भयो भने त्यसमा एक क्लिक गरेपछि थाहा हुन्छ ।
त्यो विद्युतीय नक्साबाट माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक म्याटर, पीएच, तराईमा जिङ्क र वोरोनबारे जानकारी लिन सकिने प्रबन्धक केसीले जानकारी दिनुुभयो । माटो वैज्ञानिक गैरेका अनुसार यो नक्साले ठ्याक्कै परिणाम नदिए पनि नजिक नजिकको परिणाम दिन्छ, जसले गर्दा किसानलाई बाली लगाउन निकै सजिलो हुनेछ ।

गोरखा पत्र

You might also like