आधारभुत कृषि तथा पशुपन्छी पालन तालिम
नवलपरासी २३ असोज – सुनवलमा ७ दिने आधारभुत कृषि तथा पशुपक्षी पालन तालिमको शुक्रवार सकिएको छ ।
सुनवल वडा नम्बर १ सोमनाथमा अवस्थित दियालो कृषि सहकारी संस्था लिमिटेडद्वारा संचालित उक्त तालिममा नगर प्रमुख भिम बहादुर थापा र उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले आर्थिक सहयोग गर्नुभएको थियो ।
दियालो कृषि सहकारी संस्थाका अध्यक्ष एबम प्राबिधिक बिमल ढकालको अध्यक्षता तथा उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा देउराली प्राबिधिक शिक्षालयका अध्यक्ष प्रकाश राना मगर, सुनवल नगरपालिका वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगर, अगुवा कृषक एकनारायण सुबेदी, भानुभक्त गौतम, प्रशिक्षक नर बहादुर खड्का लगाएतको सहभागिता रहेको थियो ।
तालिममा ७५ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको थियो भने तालिमको मुख्य प्रशिक्षकमा नर बहादुर खड्का र सहायक प्रशिक्षकमा भिम सेन गौतम, मन बहादुर थापा ( दिपक) रहनु भएको थियो । समापन कार्यक्रममा ७ जनालाई सम्मान प्रदान गरिनुका साथै तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको वडा सदस्य मन बहादुर थापा मगरले जानकारि दिनुभएको छ । सदस्य राम कुमारी पौडेलको स्वागत मन्तव्य र पशुपन्छि प्राबिधिक मन बहादुर थापा (दिपक)को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।