पूर्बी नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु

0

असोज २ । नवलपुरका (पूर्वी नवलपरासी) एक जना कोरोना संक्रमितको निधन भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको निधन भएको हो ।

अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ निवासी ३१ वर्षिय पुरुषको गएराति  १२ः१८ बजेको समयमा निधन भएको हो ।

स्वासप्रश्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै निधन भएको लम्सालले जानकारी दिए।

पूर्वी नवलपरासीमा यो कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।नवलपुरमा संक्रमितको संख्या ७४१ पुगेको छ।…Nawalpur FM

You might also like