बर्दघाट–१५ मा बीज बृद्धि कार्यक्रम

0

पुष्पा गिरी
बर्दघाट २३ असोज – बर्दघाट नगरपालिको कृषि बिकास शाखाले वडा नं १५ मा बीज बृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नगरले सिर्जनशिल सामुदाियक बीउ बैकलाई बीज बृद्धि कार्यक्रमका लागि २ क्विन्टल मकै र ८ क्विन्टल गहुँको मुल बीउ २ वटा स्प्रे तथा ३० पोका प्रांगरिक मल उपलब्ध गराएको हो ।

कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेलले कृषकहरुले नगरले प्रदान गरेको बीउबाट उत्पादन बृद्धि गरेर नगरका सबै वडाहरुलाई बिउ उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले नगरले कृषि क्षेत्रको विकासका लागि बिशेष ध्यान दिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बैकका अध्यक्ष हरि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बल बहादुर बलाल कृषि विकास अधिकृत युवराज लम्साल ,कृषि सञ्जालका देवी प्रसाद बस्याललगायत सहभागिता रहेको थियो ।

कार्यक्रम खुमकान्त न्यौपानेको संचालनमा भएको थियो ।

You might also like