बर्दघाट नगरपालिका पाउचमा प्याक गरिएको सुर्तीजन्य पद्धार्थ निषेधित क्षेत्र

0

बर्दघाट २२ असोज – बर्दघाट नगरपालिकाले नगरक्षेत्रलाई पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पद्धार्थ निषेधित गरेको छ । नगरपालिकाको पहिलो नगरसभाले पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पद्धार्थ निषेध गर्ने निर्णय गरेको थियो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले प्लाष्टिक पाउचमा प्याकेजिङ गरिएका सुर्ती तथा गुटखाका प्याकेटका कारण नगरको सौन्र्दय बिग्रने र दुब्र्यशनकै शुरुवात गुट्खाबाट हुदैं आएकोले सुर्ती तथा गुट्खा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको बताउनुभयो । प्लाष्टिकमा प्याकेजिङ गरिएका सुर्ती तथा गुट्खा प्रयोगले नगरको सौन्र्दय बिग्रिन्छ बालबालिकाहरुले दुब्र्यशनको शुरुवात गुटखा हुदै सुर्तीबाट ठूलो दुब्र्यशनीमा फस्ने गरेको देखिन्छ – नगर प्रमुख बस्यालले भन्नुभयो । नगरमा र्दुब्यशनी न्युनीकरण गर्न यो कदम महत्वपूर्ण हुने नगर प्रमुख बस्यालले जानकारी दिनुभयो । सुर्ती तथा गुट्खा सेवनबाट लाग्ने प्राणघातक रोगबाट बच्न र बचाउन यो घोषणा मद्धत गर्ने नगर प्रमुख बस्यालको भनाई थियो ।


२०७७ साउन १ गतेबाट नगरमा पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पद्धार्थ बिक्री वितरणमा रोक लगाइएको र यसमा उद्योगी ब्यवसायी तथा जनप्रतिनिधि एंव सबै सरोकारवालाको साथ रहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले निर्णय कार्यान्वयनमा ब्यवसायी तथा टोल विकास संस्थाहरुको समेत प्रतिबद्धताले महत्वपुर्ण काम गरेको जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयको सय मिटर आसपासमा चुरोट पनि बेच्न नदिइने दावी गर्नुभयो ।
तर पाउचमा प्याक गरिएका बाहेकका खैनी तथा प्याकेट चुरोट बेच्नका लागि मदिरा जस्तै छुट्टै दर्ता एंव अनुमति लिनुपर्ने ज्ञवालीले बताउनुभयो । स्टल बनाएर छुटटै ब्यवस्थापन गरेर मात्र पाउच बाहेकका सुर्ती गुटखा र प्याकेट चुरोट बेच्न पाइने भएपनि खुल्ला रुपमा चुरोटका खिल्ली बेच्न नमिल्ने ज्ञवालीको भनाई थियो । त्यस्तै नगरपालिकाले छुट्टै दर्ता नगरी अबैध रुपले चुरोट बेच्ने ब्यवसायी र सार्वजनिक रुपमा सेवन गर्नेहरुलाई जरिवाना गर्ने तयारी गरेको ज्ञवालीले बताउनुभयो । अबैधानिक तरिकाले बेचेमा ब्यवसायीहरुलाई ५ हजार सम्म जरिवाना गर्ने र सार्वजनिक स्थलमा सेवन गरेको पाइए एकपटकलाई सय रुपैया अटेर गरेमा ५ हजार सम्म जरिवानाको प्रावधान रहेको बताउनुभयो ।
प्रतिबन्ध लगाउनू पूर्व नगरपालिकाले सुर्ती तथा गुटखा बेच्ने बितरकहरुलाई समेत नगरक्षेत्र भित्र सप्लाई नगर्न पत्राचार गरेको जनाएको छ ।
यस अघि भदौ महिनामा नगरपालिकाको तर्फबाट उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा बजारमा अनुगमन गर्दा पाउचका सुर्ती तथा गुट्खा ठूलो मात्रामा बरामद गरिएको थियो । त्यस्तै अनुगमन अधिकृत पुष्कर काफ्लेले बरामद गरिएका पाउचका सुर्ती तथा गुटखा ईलाका प्रहरी कार्यालय बर्दघाटलाई बुझाइएको जनाकारी दिनुभयो । अनुगमनलाई तिब्रता दिईन्छ – काफ्लेले भन्नुभयो – त्यसलाई प्रक्रिया पु¥याएर नष्ट गर्ने योजना छ ।

You might also like