“एक हप्ता,एक सहर, एक कार्यक्रम“को देशव्यापी अभियान कावसोतीबाट सुरुवात

0

नवलपुर,११ असोज ।

Hult prize लमजुङ क्याम्पसले “एक हप्ता,एक सहर, एक कार्यक्रम“को देशव्यापी अभियान नवलपुर, कावसोती बाट सुरुवात गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्दृय क्याम्पस “कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान लम्जुङ क्याम्पस“ ,लम्जुङले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती “हल्ट प्रइज २०२०र २१ “होस्ट गर्ने तयारी गरिरएको छ । यो “अन क्याम्पस कार्यक्रम“ लम्जुङ क्याम्पसमा पहिलो पटक सन्चालन हुन गइरहेको हो। सोहि कार्यक्रमको pre-event कार्यक्रम को सानो सुरुवद “एक हप्ता ,एक सहर ,एक कार्यक्रम“ हो ।

 

Food for good ,विषयमा व्यापर उद्यमशीलता प्रतियोगिता सञ्चाल गर्न गइ रहिएको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान लम्जुङ क्याम्पस“ ,लम्जुङले एक हप्ता एक कार्यक्रम देश व्यापी रूपमा सञ्चालन गर्ने उदेश्य राखेको छ। सोहि कार्यक्रम को पहिलो चरण मिति २०७७र०६र०९ ,गते शुक्रबार , मौलाकालिका अपाङ्ग सेवा अस्रम नवलपुर कावासोतीमा १५ जाना भन्दा बढी अलग क्षमता भएका बालबालिकालाइ फलफुल, मास्क र स्यानिटाइजर वितरण गर्नु को साथ साथै, बाल गृहको हेरचाहमा खटिनु भएकोहरु लाइ कोरोना र पोषिलो खानाको महत्त्व को बारेमा जानकारी गराएर कार्यक्रम को औपचारिक सुरुवात गरेको छ। नयाँ र पोषिलो खाना खान पाउँदा ती बालबालिका को मुहारमा हाँसो फर्किएको छ। यस कार्यक्रमलाइ सफल पार्न स्थानीय समाजसेवि रबि सापकोटा र ठाकुर घिमिरेले अर्थिक सहयोग गर्नुभएको थियो । हाम्रो सानो प्रयास पनि कसैको खुशी को कारण बन्न सक्छ ,यो अवसर प्रधान गरेको मा  Hult Prize प्रति Hult Prize at TU,Lamjung campus आयोजक कमिटी कृतज्ञ छ।
विश्वव्यापी महामारी ले विश्वलाई आतंकित बनाएको बेला वृद्धाश्रम, बालगृह ,अलग क्षमता भएका मानिसहरू जस्ता सम्भेदशिल ठाउँहरू ओझेलमा परेको पाइएको छ। एउटा व्यक्तिको सानो प्रयास, एउटा संस्थाको नयाँ सुर्वतलले पनि यस्ता विषयहरू अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले यो फलफुल ,मास्क र स्यानिटाइजर वितरण कार्यक्रम सुरुवाद गरेको बताइएको छ।आफ्नो ठाउँ बाट जति सकिन्छ , सहयोग गर्ने र मानवता देखाउने समय यस्तै असहज परिस्थिति हो ,जसले अहिले हामी सबैलाई आतंकित परेको छ। “एक हप्ता ,एक सहर ,एक कार्यक्रम“ अभियान देशको विभिन्न सहरहरू मा सञ्चालन गरिने छ। यो कार्यक्रमा इच्छुक व्यक्ति, संस्थाहरु “Hult prize TU, lamjung campus सँग जोडिएर सामाजिक कार्यमा लागेर हाम्रो सहयोग आवश्यक परेका मानिसहरू लाइ सहयोग गर्न सक्नु हुने छ। Hult at TU, Lamjung campusसम्पर्कः क्याम्पस डिरेक्टर सिदान्त रानाभाट 9846710350///Nawslpur FM

You might also like