जनतामा फेरी लकडाउन हुने त्रासः सरकार भन्छ अब लकडाउन हुदैन

0

असोज १७ काठमाण्डौं ।

लगातार कोरोना संक्रमित बढेको बढ्यै भए पछि सर्वसाधारण र व्यवशायीमा फेरी लकडाउन हुने हो कि भन्ने त्रास बढेको छ । जता सुकै फेरी लकडाउन हुन सक्छ भन्ने हल्ला चलिरहेको छ । चैत्र ११ पछि लामो समय लकडाउन हुँदा रोजगारी र व्यवशाय चौपट भएका कारण मानिसहरु रोजगारी खोज्न देश विदेश जाने क्रम जारी छ । अर्कोतिर भर्खरै खुलेर पनि राम्रो व्यापार हुन नसकेका कारण पुनः लकडाउन भए मारमा परिने डर व्यवशायीमा पनि परेको छ । यसैबीच सरकारले भने अब लकडाउन नगर्ने संकेत दिईरहेको छ । शुक्रबार स्वास्थ्य मन्त्रीलाई भेट्न पुगेका उद्योगी व्यवशायीहरुलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अब लकडाउन नहुने आस्वासन दिएका छन् । अरु नै विकल्प खोजिने तर लकडाउन नगर्ने मन्त्रीको आस्वासनले व्यशायीले केही राहत त महसुस गरेका छन् । दिनानु दिन बढीरहेको संक्रमणले भने सर्वसाधारणमा पुनः लकडाउनको त्रास बढेको देखिएको छ । अझ दशैं तिहार छठ नजिकिएका कारण पनि लकडाउन भएमा एकातिर आर्थिक समस्या अर्कोतिर घर जाने परपाहुना जाने समस्या हुन सक्ने कुराले मानिसलाई पिरोलेको देखिन्छ । असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णय गरेको र त्यो विषय सार्वजनिक भए पछि पनि मानिसमा पुनः लकडाउनको त्रास बढेको देखिन्छ । अहिले सक्रिय संक्रमित २१ हजार नाघेको छ । ती मध्य पनि ९ हजार बढी मात्रै अस्पतालहरुमा आईसोलेसनमा रहेका छन् भने १२ हजार हाराहारी होम आईसोलेसनमा घरमै रहेका छन् । अझ सक्रिय संक्रमित बढ्दै जादाँ सरकारले व्यवस्थापन गर्न नसक्ने देखिन्छ । त्यसको सजिलो विकल्प लकडाउन गर्नु हुने भएकाले सरकारले त्यसो गर्न सक्ने मानिसमा परेको देखिन्छ । तर कोरोना संक्रमण र जोखिम भन्दा पनि भोक र आर्थिक संकट चर्को परेकाले मानिसहरु त्रसित बनेको हाम्रा संवाददाताहरुले बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । हिजो मात्रै एकै दिन अहिले सम्मकै धेरै २७ सय २२ जना संक्रमित थपिएका थिए । यही रफ्तारमा जादाँ नेपालले अब केही दिन भित्र कोरोना शुरु भएको चीन र जापानलाई उछिन्ने देखिन्छ । शुरुदेखि नै प्रभावकारी उपायहरुको खोजी भन्दा कोरोना नफैलदै चर्को लकडाउन गरेर आर्थिक गतिविधि धराशायी भए पछि कोरोना बढ्न थाले पछि सरकारले लकडाउन खोल्न बाध्य भयो । अहिले कोरोना चरम बृद्धितिर जादाँ समेत जनतालाई राहत र व्यवस्थापन गर्न नसक्ने भएकाले लकडाउन गर्नु अर्को संकट निम्तिने देखिन्छ ।..

You might also like