देजमो दाङ अध्यक्षमा गैरै

0

दाङ – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज कमरेड समीर के सी ले देशको बिध्यमान सङ्कट समाधान गर्ने उत्तमबाटो संघिय जनगणतन्त्र भएकोले त्यसतर्फ ध्यान केन्द्रीत गर्न निर्देशन दिदै गाउँगाउँमा जनताको घरघरमा पुग्नुुपर्ने जनतालाई संसदिय ब्यबस्था असफल भएको कुरा बुझाउनुपर्ने बताउनुभयो ।

भेलामा शुभकामना मन्तब्य दिनेहरुमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी)लुम्बिनी प्रदेश सदस्य अजित ,शिशिर ,अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) केन्द्रीय सदस्य शुशसला आचार्य लगायत हुनुहुन्थ्यो । कार्यक्रम तिलक बि क को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सञ्चालन मोर्चाका सचिव ईश्वरी प्रसाद गैरे ले गर्नुभएको थियो । कार्यक्रम मोर्चाका अध्यक्ष नरेन्द्र बञ्जाडेको अध्यक्षतामा भएको थियो । भेलाले देशभक्त जनगणतान्त्रिक मोर्चा दाङको नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष ईश्वरी प्रसाद गैरे उपाध्यक्ष बिष्णु प्रसाद पोख्रेल  सचिव शुसिला आचार्यकोषाध्यक्ष मन बहादुर वली रहनु भएको छ ।  सदस्यहरुमा तिलक बि क माया प्रसाद चौधरी ,अमित चौधरी ,यज्ञ बहादुर बि क ,निम बहादुर जि एम ,कलिमान सुनार ,देवा बिष्ट,पारस बिश्वकर्मा रहनुभएको छ ।

You might also like