साताैँ स्थानीय तहमा अनेरास्ववियू नवलपरासीकाे ध्यानाकर्षण पत्र

0
उमेश बि.क /नवलपरासी ,१४ असाेज/
पश्चिम नवलपरासीकाे साताैँ स्थानीय तहमा अनेरास्ववियू नवलपरासीले ध्यानाकर्षण पत्र बुझाएको छ ।
काेराेना भाइरस काेभिड १९ काे विषम परिस्थितिमा शैक्षिक बर्ष २०७७ बैशाख देखि बिश्वब्यापी रुपमा फैलिरहेकाे महामारी काेराेना भाइरसले गर्दा शिक्षण सिकाई क्रियालाप हुन नसकेको र बिद्यालयले अनावश्यक रुपमा लिइएको शुल्क फिर्ता गर्न र नलिन अाग्रहकाे साथ साताैँ स्थानीय तहमा अनेरास्ववियूले ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियू नवलपरासीका संयोजक शुसान्त शर्मा घिमिरेले जानकारी दिनुभएको हाे।
काेराेना भाइरस काेभिड १९ अवस्था समान्य नभए पनि सरकारद्वारा लकडाउन खुकुलाेकाे अवस्थामा स्थानीय सरकारकाे शिक्षाशाखाकाे निर्देशनमा असाेज देखि नवलपरासीमा रहेका विद्यालयहरु सन्चालन भएको र विद्यालयमा समाजिक दुरी कायम नगरी ,मास्क ,साबुन र सेनिटाइजरकाे ब्यवस्था नगरी विद्यालय सन्चालन गरिरहेकाे तथा विभिन्न बहानामा चर्काे शुल्क लिइएको प्रती घाेर निन्दा गर्दै ध्यानाकर्षण पत्र बुझाएको हाे ।
अनुगमनको क्रममा बिद्यालय प्रशासनले गैर जिम्मेवारी काम गरेको खण्डमा तत्काल कार्वाही गर्ने अनेरास्ववियू नवलपरासीको सह संयाेजक बिशाल गिरिले जानकारी दिनुभएको हाे ।
You might also like