५० प्रतिशत अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्दै सरावल गाउपालिका

बाढी तथा डुबान पिडित कृषकहरुलाई प्राथमिकता

0

नवलपरासी ८ असोज – सरावल गाउपालिकाले बाढी तथा डुबान पिडित कृषकहरुलाई प्राथमिकतामा राख्दै अनुदानमा उन्नत गहुँको बिउ वितरणको तयारी थालेको छ ।
अविरल बर्षाका कारण भएको बाढी तथा डुबानका कारण धानबालीमा अत्याधिक क्षति पुगेकाले उक्त क्षतिलाई मध्यनजर गर्दै अनुदानमा बिउ उपलब्ध गराइने भएको हो ।
५० प्रतिशत अनुदानमा गहुँको बिउ उपलब्ध गराउने कार्यक्रम अन्तरगत पालिकाले पालिकाभित्रका सहकारीहरुसंग सहकार्यको पहल थालेको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीेले बताउनुभयो ।
उहाँले कृषकहरुलाई बिउ उपलब्ध गराउने स्विकृत कार्यक्रम अन्तरगत गहुँको बिउ वितरण गर्ने कार्यक्रममा सहभागी हुन कृषकहरुलाई आग्रह गर्नुभयो ।
डुबानका कारण सरावल गाउपालिकाका अन्तरगतका धेरै किसानले लगाएको धानबालीमा क्षति पुगेको छ । बाढी तथा डुबानका कारण भएकाृ क्षतिको विवरण संकलन गरी क्षतिबारे यकिन गरिने अध्यक्ष चौधरीको भनाई छ ।
त्यस्तै सरावल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलका अनुसार यो कार्यक्रममा सहभागी हुन चाहने कृषकहरुले असोज ११ गते सम्ममा वडा कार्यालय वा कृषि विकास शाखामा आवेदन गर्न सक्नेछन् ।

You might also like