बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण

0

नवलपरासी ६ असोज –

सुनवल सामुदायिक विकास केन्द्र पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडीपाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण गरेको छ । संस्थाले युनाइटेड मिसन टु नेपालको सहयोग तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि उन्नत बाख्राको पाठी वितरण गरेको हो ।

कोभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक राधा सापकोटाले बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६का वडाध्यक्ष कृष्ण चन्द्र यादवले संस्थाले बैदैशिक रोजगारबाट फर्किएकाहरुलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले कोभिड बिरुद्धको लडाईमा सबैको साथ सहयोग आवश्यक रहेको औल्याउदै सकारात्मक काममा सबै वडा कार्यालयले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाले संस्थाले जिविकोपार्जनका लागि उद्यम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाले गरेको सानो सहयोगबाट ब्यवसाय शुरु गरेर धेरै बाख्रा उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्नुभयो । एक बाख्राबाट २ बनाउनुस २ ले ४ वटा हुदै जान्छ –उहाँले सो अवसरमा भन्नुभयो – राम्रो संग पालन गर्नुस । भेटेरेनरीहरुसंग बेलाबेलामा परार्मश समेत गर्नुस । कार्यक्रम संस्थाकी अध्यक्ष अध्यक्ष अध्यक्ष सपना अधिकारीको अध्यक्षता उमेश विकको सांचलनमा भएको थियो । संस्थाले जमुनापारी नश्लबाट क्रस गरिएका बाख्राका पाठी प्रदान गरेको जनाएको छ ।

You might also like