आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

0

भदौ ३०, 

काठमाडौँ–  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ओखलढुङ्गाका १, खोटाङका १, झापाका ६, ताप्लेजुङका १, पाँचथरका १, भोजपुरका १, मोरङका १११, सुनसरीका १७, धनुषाका ६, पर्साका १, बाराका ३, महोत्तरीका ९, रौतहटका २६, सप्तरीका २४, सर्लाहीका ४, सिरहाका १६२, काठमाडौँका ५५५, काभ्रेका ८, चितवनका ३७, दोलखाका ५, धादिङका ४, नुवाकोटका २, भक्तपुरका ८६, मकवानपुरका ८७, रामेछापका २ र ललितपुरका ३५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका २, कास्कीका ७, गोरखाका ५, तनहुँका ९, नवलपरासीपूर्वका २१, लमजुङका ४, स्याङ्जाका १४, अर्घाखाँचीका ३, गुल्मीका ३, दाङका २६, नवलपरासीका ३, पाल्पाका १६, बाँकेका २७, रुपन्देहीका ५१, दैलेखका २, सल्यानका २, सुर्खेतका २३, कञ्चनपुरका ८, कैलालीका ११, डोटीका ११, दार्चुलाका ३, बझाङका २ तथा बैतडीका ८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मंगलबार १ हजार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।
हाल ७ हजार २५० जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १७४ जनाको आईसीयुमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, रुपन्देहीमा र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।..Desh sanchar

You might also like