संकटमा गिद्धको बासस्थान, संरक्षणको पहल शुरु

0

उमेश बि.क.

नवलपरासी ७ असार

सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिका अभिन्न अंग गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि पश्चिम नवलपरासीको सरावल १ का स्थानीयले गिद्ध संरक्षणको लागि पहल शुरु गरेका छन ।

मानवीय क्रियाकलापबाट गिद्धको बासस्थान संकटमा परेपछि जोगाउन पहल शुरु भएको छ। सरावल गाउँपालिका वडा नं.१ बासाबसहीमा गिद्ध रेष्टुरेन्ट रहेको हुनाले गिद्धको वासस्थानका लागि संरक्षणको पहल थालिएको हो।

बासाबसहीमा गिद्ध संरक्षण कार्यालय सन् २०१८ सालमा स्थापना भई रकम अभावको कारण कार्य सन्चालन प्रभावकारी रुपले अगाडि नबढेकोले हाल गिद्धको बासस्थान संरक्षण गर्न स्थानीय तह तथा स्थानीय समाजसेवी संग गिद्ध संरक्षण कार्यशाला गोष्ठी गरिएको छ।

कार्यशाला गोष्ठीमा पर्यटन प्रबर्द्वन तथा गिद्धको बासस्थान संरक्षणका लागि समुदायकोे सहभागीता र सरोकारवाला निकायहरूको समन्वयमा हुनपर्ने विषय उठेको थियोे ।

गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले सिनो खाएर हैजा, झाडा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा रहेकोले संरक्षण आवश्यक रहेको बताउनुभयो । गिद्धको बासस्थान संरक्षणसंगै गिद्ध संरक्षणमा तथा त्यस क्षेत्रको पर्यटन बिकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो।

गिद्ध संरक्षण कार्यशाला गोष्टिमा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल ,वडा नं १ का वडा अध्यक्ष भेष नरायण चौधरी ,वडा नं २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरी, पत्रकार पुरुषोत्तम सुवेदी ,गाउँपालिका विभिन्न शाखा प्रतिनिधि तथा समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

कार्यशाला गोष्ठीको सहजिकरण वातावरण बिद सुदिप पौडेल,इन्जिनियर आशिष पौडेल,इन्जिनियर बिज्ञान पौडेलले गर्नुभएको थियो।

You might also like