कोरोनाका बिरामीः पैसा नहुनेलाई १४ दिन पछि परीक्षण विनै फिर्ता पठाउनु कति उचित ?

0

भदौ २९ भक्तपुर ।

देशमा लगातार कोरोना संक्रमित बढीरहेको छ । यस्तोमा धेरै जसो संक्रमितलाई १४ दिन आईसोलेसनमा राखे पछि प्रायलाई विना पुनः परीक्षण घर पठाउने गरिएको छ ।
संक्रमण पुष्टी भएकालाई अस्पतालमा आईसोलेसनमा राखे पछि लक्षण नदेखिएकालाई त्यतिकै पठाउने र लक्षण देखिएकालाई पुनः परीक्षण गर्ने सरकारको मापदण्ड नै रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
यसै क्रममा भदौ पहिलो साता कोटेस्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरी कोरोना संक्रमित भए । संक्रमित भएको स्वास्थ्य मन्त्रालय मातहत निकायले उनलाई खबर गरे पछि एम्बुलेन्स आउछ भन्ने जानकारी दियो ।
उनको भदौ २ मा ड्युटीमै रहेका बेला स्वाब लगिएको थियो । त्यसको दुई दिन पछि तपाई संक्रमित हुनुहुँदो रहेछ, एम्बुलेन्स आउछ भनेर खबर गरियो । त्यस पछि आएको एम्बुलेन्सले ती ट्राफिक प्रहरीलाई दुवाकोट स्थित केएमसीमा पुर्यायो । तर १४ दिन पछि स्वाब संकलन गरेर परीक्षण गर्न पैसा मागिए पछि उनले आफन्तसगँ सापटी लिएर तिरे । एक अर्का संक्रमितले भने पैसा नभए पछि परीक्षण विनै १४ दिन पछि फिर्ता भएको बुझिएको छ । सरकारी कर्मचारी सरकारी अस्पतालमै पठाउनु पर्नेमा निजीमा सिफारीस गरिएका कारण ती ट्राफिक प्रहरीले आफैले पैसा तिरेर परीक्षण गर्न पर्यो ।
अहोरात्र चौविसै घण्टा ड्युटीमा खटिरहने सुरक्षाकर्मीसगँ कोरोना परीक्षण गर्न भन्दै पैसा माग्न अस्पतालका कर्मचारीले थाले पछि उनले पैसाको जोहो गरेका थिए । त्यस बेला कोरोनाको परीक्षणका लागि करीब ४५ रुपैया तोकिएको थियो । त्याहाँ अन्य केही ट्राफिक प्रहरीलाई पनि भर्ना गरिएको थियो ।
यसैबीच संक्रमित सुरक्षाकर्मी कै पैसा स्वयं व्यक्तिले नै तिर्नु पर्ने कारण किन बन्यो भनेर हामीले ट्राफिक प्रहरीका प्रवक्ता रामेस्वर प्रसाद यादवलाई सोध्दा उनले लक्षण नदेखिएकोलाई पुनः परीक्षण गर्नु नपर्ने तर गर्ने ईच्छा हुनेले शुल्क तिरेर गर्नु पर्ने भएकाले त्यसो भएको हुन सक्ने बताए ।
अहिले सम्म २ सय बढी ट्राफिक प्रहरी संक्रमित भईसकेका छन् । एकातिर मुलुकभर कोरोनाको जोखिम बढीरहेको र अर्कोतिर संक्रमितको उपचार र संक्रमण मुक्त गराउने कुरामा पैसाका नाममा लापरबाही भईरहेको गुनासो बढीरहेको छ । मुलुकभर ५४ हजार माथि कोरोना संक्रमित पुगिसकेका छन् । सुरक्षाकर्मी मात्रै ५ हजार बढी संक्रििमत भईसकेका छन् ।..Mirmire online

You might also like