गैंडाकोट जलमग्न : वडा नम्बर ४ र २ का करिब ४ सय घर डुबानमा

0

भाद्र २८।

लगातारको झरीले गैंडाकोट नगरपालिकाका दुईवटा वडाका ४ सय घर डुबानमा परेका छन् । शुक्रबारबाट परेको पानीले निकास नपाउँदा वडा नम्बर ४ र २ का ४ सय घर डुबानमा परेको हो ।

महेन्द्रराजमार्गदेखि उत्तरतर्फको झपर्दी, बाल विकास बोर्डिङभन्दा पश्चिमको पानीले निकास नपाउँदा ती घर डुबेका हुन् । ती घरको भुइँ तलाका अधिकांश कोठा भित्र बाढी पसेको छ ।उद्योग वाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष एकदेव रिमालका अनुसार राजमार्गदेखि उत्तरतर्फको बाढीले निकास नपाउँदा त्यहाँ वर्षोदेखि डुबानको समस्या छ । राजमार्गको सतह अग्लो भएको र ढल निकासको व्यवस्था नहुँदा वर्षौदेखि समस्या भइरहेको उनले बताए ।

‘विगत २५ वर्षदेखि यो समस्या छ ।कसैको ध्यान जाँदैन,’स्थानीय पूर्णचन्द्र सापकोटाले भने, ‘नगरपालिकाले गर्न सक्ने काम भएपनि निर्वाचित जनप्रतिनिधिले चासो नदिँदा स्थानिय डुबानमा परेका हुन् ।’

वडा नम्बर ४ का अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो वडामा घर निमार्णले जग्गा भरिँदै गएको र ४ नम्बर वडा गहिरो क्षेत्र भएकाले जताततैको पानी जम्मा हुने र निकास नपाउँदा समस्या भएको बताउँछन् । ‘प्राकृतिक बहावको पानी यही क्षेत्रमा भरिन्छ’, उनले भने, ‘नगरपालिकामा मेयरलाई धेरै पटक भनिसकें उहाँले वास्ता गर्नु भएन । वडाको बजेटबाट ढल निकास निर्माण गर्न सकिँदैन ।

Nawalpur FM

You might also like