सार्वजनिक शौचालय र स्वास्थ्य चौकी शिलान्यास

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियामा सार्वजनिक शौचालय शिलान्यास गरिएको छ ।
मंगलवार बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले १० लाख रुपैयाको उक्त शौचालय शिलान्यास गरेको वडाध्यक्ष मानबहादुर मल्लले बताउनुभयो । वडाको मुख्यबजारलाई मध्यनजर गर्दै शौचालय निर्माण थालिएको हो ।
नगरले १६ वटै वडामा स्वास्थ्य पहुंच बृद्धि गर्ने योजना मुताबिक वडा नम्बर– ७ बेलाहानीमा ३८ लाख रुपैयाको लागतमा बन्ने स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ । सोमवार नगर प्रमुख बस्याल स्वास्थ्य चौकी शिलान्यास गर्नुभएको थियो ।

You might also like