जग्गा स्थानीय तह मातहत ल्याउछौ : नगर प्रमुख बस्याल

0

नवलपरासी, २२ भदौ :

बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले    बर्दघाट–२ चिसापानी ढेडाँरीफाँटस्थित राष्ट्रिय आवास कम्पनीको जग्गा स्थानीय तहको मातहत गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । उहाँले सोमवार पत्रकार सम्मेलन आयोजना गरी उक्त प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । विहीवार नेकपा (क्रान्तिकारी माओवादी)ले सार्वजनिक सम्पतिको रुपमा जग्गा राख्न भन्दै कब्जामा लिएको घोषणा गरेको थियो । सोही जग्गा सार्वजनिक बनाउन नेपाली काग्रेस सहितका ६ दलले नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई  ध्यानाकर्षण गराएका थिए । यही सन्र्दभलाई लिएर भएको पत्रकार सम्मेलनमा बोल्दै  नगर प्रमुख बस्यालले ६ दलले  बिषयलाई समेटेर गरिएको संयुक्त प्रेस विज्ञप्ति प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले वार्ड नं. २ चिसापानीमा अवस्थित दिब्यज्योती बहुमुखी क्याम्पस पश्चिम तर्फको साविक माकर २ ग कित्ता नम्बर १३१० को जम्मा ८ विगहा २ कठ्ठा १२ धुर क्षेत्रफल रहेको उक्त जग्गाको बिषयमा नगरपालिकाले चासो नदिएको र स्थानिय तह प्रमुखको मौनता रहेको कुरा निराधार रहेको दावी गर्नुभएको थियो । उहाँले विगतमा समेत राष्ट्रिय आवास कम्पनीले उक्त जग्गा बिक्री बितरण गर्न नगरपालिकाको सहमति विना टेण्डर प्रकृया अत्यन्तै गोप्य ढंगले अगाडी बढाएको र त्यस बिषयमा तत्कालिन समयमा नगरपालिका र व्यक्तिगत तवरमा कुनै जानकारी नदिने जस्ता प्रयत्न गरिएको हुदा जग्गा व्यवस्थापनको बिषयमा बर्दघाट नगरपालिकाले प्रष्ट अडान राख्दै आएको जानकारी दिनुभयो । त्यस्तै नगर प्रमुख बस्यालद्वारा हस्तक्षरित बिज्ञप्तिमा  त्यहाँ रहेका अव्यवस्थित बसोबासी, चिसापानी अस्पताल र क्याम्पस सँग भएको पुर्व सहमति अनुसार जग्गा बितरण गरि बाकी रहेको जग्गा स्थानिय तह (नगरपालिका) को नाममा गरिनु पर्ने अडान रहेको उल्लेख गरिएको छ । उहाँले उक्त जग्गामा अस्पताल नै निर्माण हुने र कोही कसैलाई बिक्री बितरण गर्न नदिई नगरको संरक्षणमा ल्याउन सो जग्गामा तारबार समेत गरिने बताउनुभएको थियो ।


अर्को प्रसंगमा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै रोगको संक्रमण नियन्त्रण र रोकथामको कार्यमा सबै कार्यहरु नगर स्तरिय विपद व्यवस्थापन समिति र बर्दघाट नगर कार्य पालिकाको बैठकको निर्णय बाट नियमित रुपमा खर्च अनुमोदन गर्दै आएको बताउदै नगरले आवश्यक रुपमा पिसिआर चेकलाई निरन्तरता दिने र सो नियन्त्रणका लागी सबै नागरिक सचेत हुनु पर्ने बताउनु भयो । फरक प्रसंगमा बर्दघाट ९ स्थित राजा महात्मा पुर्ण भद्र मा.वि भुतहाको आर्थिक क्रियाकलापको सम्बन्धमा सम्बन्धित निकायबाट छानबिन र अनुसन्धान भईरहेको हुदा केहि दिनमै त्यसको सत्य तथ्य सार्वजनिक हुने पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।

You might also like