अलख ! निरन्जन् !
मदन सुवेदी
ब.सु.प.नवलपरासी
अराजक कारी
अनि विष धारी
तरवार नारि
छ्याप (छ्याप पारि
खाला उतारी हा हो कसोरी
भयो पार्ने गरि
सबै दुराचारी
सफा चटपारी ।
भेल बगाउँकि
क्रन्दन फूकी
कति बसु चुकी
भिडु लुकि लुकि ?
भ्रष्टाचारि को ?
दुराचारी को ?
हाहाकरी को ?
मनकारी को ?
पापचारी को ?
चिनेनौ यिन्लाई
हरिया भाछन् पलाई
निर्दोष र दुखी जनलाई
खाछ्न् बसिकन दलाइ ।
जनता थुनेर घरघरमा
रमण गर्छ्न वारपारमा
खर्च गर्छन् नेता सैरमा
बाकी पर्यापरेइछन् मारमा ।
तिन्लाई देखि
झार्ने को सेखी ?
कन्सिरी तानी
मुक्का हानी हानी ।
अनितिलाइ नीति
अरितिलाइ रिति
दम्भलाइ बल विर्य
दुष्टलाई विजय ।
लिएर मन्त्र
भन्दै लोकतन्त्र
युवाले बुझेन
पालो आएछ ! पालो आएछ !
अर्को लडाइ
लड्ने फेरि
भिरेर जन्तर
जपेर मन्तर ।
वेग विचारको
फन्का चलाइ
गुण सृष्टि गरि
अवगुण जलाइ ।
लम्की लम्की
ठम्कि ठम्कि
वम्की वम्की
चम्की चम्की ।
निरन्तर पथमा
शत्रु माझमा
त्रास देखाउनेलाइ
धैर्य गरेर ।
ओ ! युवा !
मेरा देशप्रेमिहरु !
भुलेउ कि क्या हो ?
माटो को गन्ध !
मातृभुमिको
फूलको सुगन्ध !
कि तिम्रा ताता
रगत राता
कि चल्न छाड्यो ?
भयो कि मन्द ?
मुर्ख( विद्वान
बनी नबसौ
अलख !निरन्जन !!
अलख ! निरन्जन!!