किसान आन्दोलनका लागि चार किसान संगठनले राष्ट्रिय छलफल चलाउने

0

चार किसान संगठनको संयुक्त बिज्ञप्ति  :  आज २०७७ भाद्र १९ गते चार किसान संगठन — अखिल नेपाल किसान महासंघ(अप्फो), अखिल नेपाल किसान महसंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको नेतृत्वको संयुक्त गुगल बैठक बस्यो । बैठकले नेपालमा किसानका आधारभूत  राष्ट्रिय समस्यालाई बृहत छलफल चलाउने निर्णय गर्नुका साथै कोरोना महामारी र बाढी पहिरोले किसानलाई पुराइरहेको क्षति, धान खेतीका लागि आबश्यक मल नपाएर किसानको धानबालीको उत्पादन घट्ने स्थिति उत्पन्न भएको बिषय र झापा लगायतका जिल्लाहरुमा धानाबालीको गाँज सड्ने र पात पँहेलिएर बोट मर्ने स्थितिले धान किसान ठूलो मार्कामा परेको तथा पाटनमा मच्छिन्द्रनाथको रथ तान्ने जात्राका सम्वन्धमा उत्पन्न भएको मुठभेड दमनका बारेमा छलफल गरी निम्न निर्णयहरु लिएको छ : (१)      आगामी भाद्र २५ गते नेपालका किासनका  समस्यका बारेमा छलफल गर्न एक गुगल बैठक बोलाउने र किसानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याबारेमा चारै किसान संगठनका प्रतिनिधिहरुको छलफल चलाउने र त्यस अनुसार किसान समस्यालाई लिएर आन्दोलन उठाउने तयारी गर्ने बैठकले निर्णय लिएको  छ। (२  २. बैठकले बागलुङ्गको ढोर पाटन वडा नं ९मा बुधवार राति आएको बाढी र पहिरोले बगाएर पुरेर धेरै जना बेपत्ता पारेको मध्ये १४ जनाको शब भेटिएको, अहिलेसम्म ६ जनाको मात्र परिचय खुलेको र अझै ४० जना मानिस बेपत्ता रहेको किसानो ठूलो जनधनको क्षति भएको प्रति बैठक ठूलो चिन्ता र दुःख ब्यत्त गर्दै तिनको उद्धार र बिचल्लीमा परेका परिबारलाए राहत तथा सुरक्षित बसोबासको ब्यवस्था मिलाउन बैठकले जोडदार माग गरेकोछ । त्यसरी नै यस्ता जोखिमपूर्ण स्थानबाट किसान परिबारलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन सुरक्षित जनता आबासको नीतिको तर्जुमा र  ठोसरुपमा लागु गर्न पनि बैठकले जोडदार माग गरेको छ । ३. धानबालीका लागि समयमै आवश्यक मल नपाएर किसान छटपटाई रहेको, सरकारले रासायनिक  मलको साटो जैबिक तथा प्राकृतिक मलको बिकल्प पनि दिन नसकेको र मल खरिदमा पनि बर्षैपिच्छे ठूलो घोटाला हुने गरेको तथा यस बर्ष मलको अभावमा किसानको धान उत्पादन घट्ने निश्चित भएकोले सरकारले पीडित किसानलाई सरकारले क्षतिपूर्ति देओस् र मल घोटाला र भ्रष्टाचारको छानबिन गरोस् भन्ने पुनः जोडदार माग गरेको छ । ४. झापा लगायतका देशै भरीका जिल्लाहरुमा धान खेतीमा गाँज कुहिने र पात पँहेलिने धान धानको गाँज नै मर्ने रोगले किसानहरु पीडित भएको र यसले पनि धानको उत्पादन घटने र अनिकाल लाग्ने भएकोले त्यसबारे आवश्यक कदम चालेर धानबालीमा लागेको रोगको उपचार गर्ने र क्षति भएको धानबालीको क्षतिपूर्ति दिने ब्यबस्था मिालउन पनि बैठकले सरकारसँग जोडदार माग गरेको  छ । ५. बैठकले सरकारको सुझबुभहीनता र अपरिपक्कताले गर्दा मच्छिन्द्र नाथको रथ तान्ने बिषय पनि जनता र प्रहरी बीच अनाबश्यक झडप र दमनको बिषय बन्यो । चार किसान संगठनको यो बैठकले दमनको तीब्र निन्दा र भत्र्सना गर्दै रथ बिर्सन गर्ने कार्य सुरक्षिततवरले सम्पन्न गराओस् र यस्ता दमनकारी घटना नदोहोरियोस् भन्ने पनि यो बैठकले बिशेष माग गरेको छ । ६. यस अघि चार किसान संगठनको संयुक्त आयोजनामा बैज्ञानिक, बिज्ञ, कृषि ताथ अर्थबिज्ञ र बिभिन्न कृषि ब्यवसाय र किसान संगठहरुमा लागेका कृषि अभियन्ताहरु समेत सम्मिलित जुम बैठक गरेर नेपाली किसान र कृषिका समस्याका बारेमा छलफल चलाएर निष्कर्श निकाले थियो अब यस कुरालाई जिल्ला जिल्लासम्म पनि लिएर जाने किसानले भोगिरहेका समस्याहरुलाई लिएर जनचेतना निर्माण र आन्दोलनको बिकास गर्ने  साझा निष्कर्शका साथ अघि बढ्ने निर्णय लिएको छ ।

संयुक्त बक्तब्यमा अखिल नेपाल किसान महासंघ अप्फोबाट अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किासन महासंघ क्रान्तिकारीबाट अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका तर्फबाट अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किासन संघका तर्फबाट इञ्चार्ज कृष्ण रानाले हस्ताक्षर गरेका छन् ।…Nepal patra  (news)

You might also like