असल छिमेकी नेपालले ४ सय घरधुरी परिवारकाे घरघरमा राहत पुर्यायाे

0

उमेश बि.क / नवलपरासी ,भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गत बाढी प्रभावित अति बिपन्न घर परिवारलाई असल छिमेकी नेपालले ४०० घरधुरी परिवारकाे घरघरमा राहत पुर्यायाे छ । सरावल गाउँपालिकाकाे समन्वयमा तथा असल छिमेकी नेपालकाे अायाेजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा राहत बितरण गरिएको हाे ।

असारको अन्तिममा आएको अबिरल वर्षापछि आएको बाढी र डुवान प्रभावितलाई राहत वितरण सरावल गाउँपालिका अन्तर्गत खडाैना १२९ घर ,मधवलिया १७२ घर,नाैडिहवा २६ घर ,पुसाैलि ५ घर ,भुजहवा १६ घर र छाेट्कि बड्सार ५२ गरि ४०० घरधुरीलाई चामल २५ किलो ,अाटा ५ किलाे ,दाल २ किलाे ,नुन १ किलो ,तेल २ लिटर ,साबुन लुगाधुने ५ ,डिटाेल साबुन ३ ,टुथपेस्ट १ ,ब्रस ५ र झुल २ वटाको दरले बितरण गरिएको हाे । गाउँपालिका अध्यक्ष चाैधरीले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै गाउँपालिकाबाट पहिलो चरणको राहत बितरण गरिएको कुरा जानकारी गराउदै दाेस्राे चरणकाे राहत असल छिमेकी नेपालकाे समन्वयमा तथ्यांक संकलन गरेर समुचित ढंगले ४०० घर परिवारलाई राहत बितरण गरिएको बताउनु भएको हाे । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई आफूले सक्दो सहयोग र संघ संस्थाबाट समन्वय गरेर राहत प्रदान गरेको बताउदै ‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त नभए पनि जनताको दुःख सुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले सरावल गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रकाे धानबाली वडा नं. ५ ,६ र ७ का केही पुर्णरुपमाका नष्ट भएको हाे ।

साे क्षेत्र हेर्दा मन पाेलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै असल छिमेकी नेपालले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा घरघरमा पुगि गरेको राहत बितरण कार्यकाे प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हाे । राहत बितरणमा वडा नं. ६ वडा अध्यक्ष कैलास यादव ,समाजसेवी लक्ष्मीकान्त चाैधरी ,घनश्याम चाैधरी ,असल छिमेकी नेपालकाे बितिय तथा प्रशासन सहायक अाेम कुमारी लुङ्गेलि ,समुदायिक शसक्तिकरण तथा जिबसकाे पार्जन कार्यक्रम सहायक माया महताे समाजिक परिचालक पर्मावति चाैधरी , समाजिक परिचालक गाैरव महताे लगाएत प्रहरी पत्रकार तथा स्थानीय समाजसेवीकाे सहभागीतामा राहत बितरण गरिएको हाे । बाढीकाे कारणले साे क्षेत्रकाे हजारौं बिगहा क्षेत्रफलकाे धानबाली पुर्ण रुपमा नष्ट भएको छ । राहत सामग्री स्थानीयले पाएपछि खुसि ब्यक्त गर्दै पाएकाे राहतबाट केही दिन छाँक टार्न सहज भएको बताएका छन ।

You might also like