जग्गामा गाडेको पार्टीको झण्डा तथा ब्यानर प्रहरी प्रशासनले फ्याकेको भन्दै क्रान्तिकारी माओवादीको ध्यानाकर्षण

0

नवलपरासी १९ भदौ – नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले जग्गा कब्जाको क्रममा बर्दघाट–२ ढेडारीफाँँटस्थित जग्गामा गाडेको पार्टीको झण्डा तथा ब्यानर प्रहरी प्रशासनले फ्याकेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका नगर सेक्रेटरी रामचन्द्र पोखरेलले शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पतिको रुपमा संरक्षण गर्नका लागि सो जग्गा पार्टीले कब्जा गर्दा भुगिरोहलाई सहयोग पुग्ने गरी प्रहरी प्रशासनले झण्डा ब्यानर हटाएको भन्दै निन्दा एंव भत्र्सना गरिएको छ ।
सेक्रेटरी पोखरेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा राष्ट्रिय आवास कम्पनी नामक दलाल कम्पनी र तिमिल्सिेना टे«डर्सको आवरणमा भएका कर्तुतहरुलाई ढाकछोप गर्ने नियतले भुगिरोहको दबाबमा हाम्रो पार्टीको झण्डा तथा ब्यानर फ्याक्ने हर्कतको हाम्रो पार्टी घोर निन्दा एंव भत्र्सना गर्दछ – भनिएको छ ।
त्यस्तै बिज्ञप्तिमा उल्लेख गरिएको छ – साथै जनताको भावना अनुरुप उक्त जग्गा सार्वजनिक सम्पतिको रुपमा स्थापित गर्न कार्यमा हामी प्रतिबद्ध छौ । अन्त्यमा सार्वजनिक महत्व एंव जनचासोको यस्तो बिषयमा अबरोध नगर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै पुनःत्यस्तो क्रियाकलाप नदोहो¥याउन चेतावनी दिन चाहन्छौ । विहीवार उक्त ८ बिघा १२ कट्ठा २ धुर जग्गालाई सार्वजनिक सम्पतिको रुपमा राखिनुपर्दछ भन्ने उद्धेश्यले त्राान्तिकारी माओवादीले कब्जा गरेको घोषणा गरेको थियो ।

You might also like