भुमिहीन तथा सुकुम्बासीलाई कम्मल वितरण

0

बर्दघाट २३ माघ – नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाले बर्दघाटका बिभिन्न स्थानका भुमिहीन तथा सुकुम्बासीलाई कम्मल वितरण गरेको छ । मंगलवार बर्दघाट ४ बाडिपडितमा र बुधवार वडा नम्बर १४ को शुक्रवस्तीमा कम्मल बितरण गरिएको उपशाखा सभापति नारायण अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार बाडिपिडितमा १३ वटा कम्मल बितरण गरिएको थियो । सो कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले भुमिहीन तथा सुकुम्बासीलाई कम्मल वितरण गर्नुभएको थियो । त्यस्तै शुक्रबस्तीमा १५ घरपरिवारलाई कम्मल प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासीका सदस्य सह कोषाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो ।

You might also like