मुटु अस्पतालका थप ११ जनामा संक्रमण, नेगेटिभ आएकाहरुलाई खटाएर अस्पतालको सेवा शुरु गर्ने तयारी

0

भदौ १९, 

बुटवल-बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप ११ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। बिहीबार राती थप ११ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएकाहरुलाई आइसोलेशनमा उपचारका लागि राखिएको छ।

संक्रमण पुष्टि नभएकाहरुलाई सुरक्षित राखेर अस्पतालको सेवा शुरु गर्ने अस्पतालले तयारी गरेको छ। ‘हामीले थप परीक्षणका लागि पनि पठाएका छौं-अध्यक्ष आलमले भने-नेगेटिभ आएकाहरुलाई सुरक्षित राखेर अस्पतालको सेवा शुरु गर्ने तयारी गरेका छौं।’उनले अस्पताल निर्मलीकरण गरिसकेर भोलि शनिबारदेखि सेवा शुरु गर्ने तयारी भएको बताए। ..Lumbini times

You might also like