बेलाटारीमा खेलाडी सम्मान तथा पेटी परिक्षा कार्यक्रम सम्पन्न

0

प्रतापपुर २६ माघ – नवलपरासी आई. टी. एफ. तेक्वान्दो संघको आयोजनामा खेलाडी सम्मान तथा पेटी परिक्षा कार्यक्रम बेलाटारीमा शनिवार सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले खेल र खेलाडिको सम्मानका लागि प्रदेश सरकार जिम्मेवारीका साथ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि अधिकारी सहित सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले संघका अध्यक्ष रितमान कामु मगरले खेलाडिलाई सम्मान गर्नुभएको थियो । कार्यक्रम नवलपरासी आई. टी. एफ. तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरको अध्यक्षता प्रेम कामुको संचालनमा भएको थियो । कार्यक्रममा रोल्पा आइर्. टि. एफ.मा बिजयी भई पदक प्राप्त गरेका खेलाडिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा १ सय ९० जना खेलाडिको पेटी परिक्षा सम्पन्न गरिएको थियो ।

You might also like